Friday, December 6, 2013

अनलाइनको बजारमा अल्टिमेट साइकलर

–अनुज कुलुङ
आजको समयलाई हामी भच्र्युअल समय भन्छौ । यानिकी इन्टरनेटको दुनियाँमा हामी निकै माथि छौ । इन्टरनेटको एउटा बेग्लै संसार छ । जहाँ हामी मानबहरुद्धारा निर्मित प्रबिधि । इन्टरनेट । हामी एक यान्त्रिक बैज्ञानिकले निर्माण गरेको सफ्टवेयरबाट संसारको सबै ब्यक्ति एक ठाउँ जम्मा भएर
कुरा गर्न सक्छौ । काम गर्न सक्छौ ।

इमेल वास्तबमा हामी हुलाक चिठीको बिकसित अर्को रुप मान्छौ । हप्तौ, महिनौमा आदानप्रदान हुने खबरहरु अब पठाएको सेकेन्डमै प्राप्त गर्न सक्छ । त्यो मात्र सम्भब इन्टरनेटमार्फत । पछिल्लो समय बिकसित राष्ट्रहरुमा त्यहाँ प्राबिधिक बिद्धान बैज्ञानिकहरुले प्रबिधिको अझ उच्च बिकास गरेको पाइन्छ । मार्क जुकरबर्ग भन्ने ब्यक्तिले आफ्नो किशोरवस्थामै फेसबुक डट कम भन्ने सफ्टवेयर बजारमा ल्याएपछि बिश्वकै सबैभन्दा युवा धनि ब्यक्ति बन्न सफल भए । मार्क आफु मात्र धनि भएनन् । उनले बिश्वका धेरै ब्यक्तिहरुलाई धनि बनाउनमा सफल रहे ।

हुन त आजकल फेसबुकको उपयोग गर्ने बानीले इमेल चेक गर्ने बानी त्यति धेरै छैन । केहि कुरा आदानप्रदान गर्नुप¥यो भने फेसबुक स्टाटस, म्यासेजले नै काम दिन्छ । त्यति मात्र नभएर अनलाइन च्याट मार्फत प्रत्यक्ष कुराकानी गर्न सकिन्छ । जसमा हामी ठुलठुला ब्यवसायको डिल समेत गर्न सकिन्छ । यो एउटा बिकासको गति हो ।

युरोपियन ब्यक्तिहरु क्रियटिभीटीमा अत्यन्त अगाडि छन् । हुन त अरु देशमा पनि उत्तिकै नभएको चाहि होइन । बाताबरण पनि त्यस्तै राम्रो छ । शिक्षा, स्वास्थ्य, सञ्चार, ब्यवसाय हरेक स्तरमा उनीहरु अगाडि नै छन् । हरेक ब्यक्तिहरु आफ्नो आफ्नो कामलाई निकै लगन, मेहनतका साथ आफ्नो कर्तब्य पुरा गर्छन । समयको निकै ख्याल गर्दै उनीहरु सक्दो आफ्नो समयलाई पैसामा बदलि दिन्छन् । उनीहरु कुनै ठाउँमा जागिर गरे पनि पार्ट टाइम जबको रुपमा होम बेस बिजनेश गर्न पनि पछि पर्दैनन् । यसले गर्दा पनि उनिहरु सक्षम र सबल बनेको हामी प्रशस्त मुल्यांकन गर्न सक्छौ । यस्तो खालको बाताबरण हाम्रो जस्तो गरिबी राष्ट्रमा भलै हुन गाह्रो छ ।

 अध्ययनअनुसार अमेरिकामा धेरैजसो तलबी जागिरेहरु पार्ट टाइम जब गर्न होम बेस बिजनेशलाई पनि अवलम्बन गरिरहेको देखिन्छ । जसमा अनलाइन एमएलएम बिजनेश निकै अधिक गरेको देखिन्छ । जसको प्रयोग उनीहरुले अहिलेको बिकसीत फेसबुक र ट्विटरको सहारा लिएका छन् । गुगलले जब ब्लग र युट्युबको प्याकेज निर्माण गरिदिए तब ति ब्यक्तिहरुले आर्थिक रुपमा निकै सफलता प्राप्त गरेको देखिन्छ । पछि गएर फेरी एडसेन्सको निर्माण गरिदिए । जसमार्फत धेरै जना ब्यक्तिहरुलाई समेत उनले बिश्वब्यापी रुपमा रोजगारनै दिए ।


अनलाइनमा हामी धेरै किसीमको बिजनेश प्याकेजहरु प्रशस्त भेट्छौ । जसमा फेक पनि उतिकै हुन्छन् र बिश्वाशिलो पनि । बिश्वासीलो र भरपर्दो अनलाइन बिजनेश प्याकेज छुट्याउन नसक्दा धेरै ब्यक्तिहरुले आफ्नो पैसाहरु डुबाएको सुन्न सक्छौ । तर त्यसो भन्दैमा इन्टरनेटमा बिश्वाशिलो र भरपर्दो कुनै पनि प्याकेज नै चाहि नभएको हैन ।

एकदमै कम मुल्यमा आफ्नो होम बेस बिजनेश सुरुवात गर्न सक्छौ । ताकि हजारौ, लाखौ रकमको लागि कसै संग ऋण लिएर होम बेस बिजनेश पोर्टल सुरुवात गर्न जरुरी छैन । प्रविधिको यो बढ्दो बिकासका संसंगै आजका हाम्रा नेपाली युवाहरुले पनि यो ब्यवसायको बिषयमा गम्भीर चिन्तन र मनन गर्न जरुरी छ ।

हामी कुनै कम्पनीको बस्तु तथा सेवाको बारेमा आफ्नै फेसबुकमार्फत जानकारी राखेर बिज्ञापनको काम नै गरे पनि हामी वास्तबमा बेरोजगार रहनु पर्दैन । जुन बिज्ञापनमार्फत कम्पनीलाई ठुलो लाभ मिलिरहेको हुन्छ । जसले गर्दा तपाईलाई समेत कम्पनीले रिवार्ड उपलब्ध गराउँछ । बिज्ञापन कसरी गर्न सकिन्छ त ? यो बिषयमा मात्र तपाईले अध्ययन गर्न जरुरी छ । हामी बिज्ञापन त गर्छौ तर बिज्ञापन गर्ने तरिकाहरु थाहा भएन भने त्यो कुनै काम छैन । कुनै पनि कम्पनीको बिज्ञापन गर्नको निमित्त ति अनलाइन बिजनेश कम्पनीहरुको अध्ययन गर्न जरुरी छ । उसले दिने सेवा सुविधाहरुको जानकारी लिन जरुरी छ । अनलाइन बिजनेश कम्पनीहरुले समय समयमा तालिमहरु अनलाइन वेबिनारमार्फत नै दिइराखेको पाइन्छ । त्यसको अध्ययन हुन समेत जरुरी छ । यसरी बुझौ कि काम गर्ने कम्पनीको पोर्टफोलियोको अध्ययन गर्न जरुरी छ । यसरी हामी सक्षम बनेर मात्र बल्ल अनलाइन मार्केटिङ अर्थात अनलाइन बिज्ञापनको काम गर्न सक्छौ ।

दुःखको कुरा नेपालमा हाम्रा काम गर्न चाहने यूवाहरुले अध्ययन गर्नुअदावै कम्पनीको नियमबिनै बिज्ञापन गरिदिन्छन् । केहि समय उनको ब्यापार चलेपनि त्यो दिर्घकाल रुपमा चल्न गाह्रो छ । तर यदि नियमलाई पालना गर्दै गर्न जानियो भने फाइदा उतिकै छ ।

तपाइले बिज्ञापन गरेको कम्पनीको बस्तु तथा सेवाको महत्व कतिको छ ? कुनै पनि ब्यक्तिले तपाईको कम्पनीको सेवा किन गर्नुपर्छ ? यो बिषयमा पहिले चासो लिन अनिबार्य हुन्छ । जस्तै अमेरिकाको एक अनलाइन बिजनेश कम्पनी मल्प्लिेक्स सिष्टम इन्टरनेश्नलले दुई वटा बिजनेश प्याकेजहरु अनलाइन बजारमा ल्याएका छन् । इन्टरनेटको माध्यमबाट जताबाट पनि काम गर्न मिल्ने ति प्याकेजहरु नेपालमा पनि केहि यूवाहरुले गर्ने प्रयाशमा छ ।

१.इन्फिनिटी डाउनलाइन अनलाइन प्याकेज
२.अल्टिमेट साइकलर अनलाइन प्याकेज
जसमा अल्टिमेट साइकलर एक त्यस्तो सहज र भरपर्दो अनलाइन प्याकेज पनि मानिन्छ । इन्फिनिटी डाउनलाइन पनि प्रभावशाली आफैमा छ । बिश्वश्नीय छ । र पनि अल्टिमेट साइकलरको धेरै जना प्रयोगकर्ता भएको कारणले गर्दा र यसबाट अधिकले एकदम तुरुन्त आम्दानी गर्ने हुदा यो प्याकेजको बारेमा म जानकारी दिन खोजेको हुँ ।

अल्टिमेट साइकलर फेसबुक प्रयोग गर्न जान्नेहरुको लागि र फुर्सदिला ब्यक्तिहरुको लागि अत्यन्तै लाभदायक छ । यसले एउटा सफ्टवेटर तपाईलाई उपलब्ध गराउँछ । यानिकी इन्टरनेट मार्केटिङ बिश्वब्यापी रुपमा कसरी गर्ने भन्ने बिषयमा अल्टिमेट पेज क्याप्चरको बारेमा जानकारी गराउछ । जसको प्रयोग गर्ने तरिका तपाईलाई वेबिनार भिडियो मार्फत तालिम लिन सक्नुहुन्छ । तालिम प्राप्त गरिसकेपछि तपाईले आफ्नै फेसबुकमार्फत पनि ति क्याप्चर पेज सफ्टवेयरको प्रमोशन गरेर काम गर्न सक्नुहुन्छ । जहाँबाट तपाईलाई मासिक रुपमा आम्दानी समेत उपलब्ध गराउँछ ।

यसको अलाबा यो अनलाईन प्याकेज सफ्टवेयरले वेबिनारमार्फत वेब डिजाइनका कोर्षहरु, सर्च इन्जिन अप्टिमाइजेशनका कोर्षहरु जस्ता १५ वटा डिजिटल सर्भिषहरु उपलब्ध गराउँछ । करिब ६ लाखभन्दा बढि ब्यक्तिहरु यसमा सक्रिय भएर काम गरिरहेका छन् । यसका संस्थापक पेटर वोल्फिङ(अमेरिकी नागरिक) आफै पनि सक्रिय तरिकाले यसको बिषयमा सेमिनार तथा वेबिनार आयोजना गरेर तालिम दिनुहुन्छ ।

नेपाली यूवाहरु जो प्रबिधिसंग आफुलाई निकटतामा राख्न चाहन्छ तिनीहरुको लागि नै यो अवसर छ । आजको प्रबिधिको युगमा र नेपाल जस्तो गरिब मुलुकमा यस्तो खालको अवसर पाउनु पनि आफैमा ठुलो अवसर हो । आज हरेक युवाहरुले फेसबुक प्रयोग गर्ने समयलाई अल्टिमेट साइकलरमा लगानी गर्ने हो भने बेरोजगार त हट्छ नै त्यो भन्दा नि माथि आउटसोर्सको बिषयमा अनुभवि पनि बनाउछ ।

प्रचलनमा गर्दै आएका गुगलका बिज्ञापनका कामहरु, सर्च इन्जिनका कामहरु, डाटा इन्ट्रि, एड पोष्ट, क्याप्चा जस्ता कामहरुमा समेत नेपाली यूवाहरुले मेहनत पुर्बक काम गरिरहेका बेला त्यहि मेहनत अल्टिमेट साइकलरमा पनि लगाउने हो भने अवश्य राम्रो र आर्थिक रुपले फलदायी हुनेछ ।

अन्त्यमा, इन्टरनेटको जागिर सोचेजस्तो सजिलो पनि छैन । तर काम गर्ने तरिका, कम्पनीको इतिहाँस, पोर्टफोलियो राम्रोसंग अध्ययन गर्न जानियो भने गाह्रो पनि केहि छैन । मात्र मेहनत र राम्रो सिक्ने माध्यम चाहिन्छ । जसको लागि इन्टरनेट नै काफी छ । सबै यूवाहरुलाई मेरो शुभकामना ।