Saturday, January 7, 2012 0 comments

कार चढ्ने सपना बोकेर आईएको छ ....

























०६८ पौष २३ गते शनिबार
शनिबार निकै नै महत्वपुर्ण तरिकाले दिन बितेको छ । मनमा कति धेरै पीरहरु पनि यो कार्यक्रमले निकै नै सहज बनाईदियो । म सोच्ने गर्थे जीबनमा के गरु भन्ने ? तर मैले अहिले थाहा पाईसके जीबनमा धेरै गर्न सकिदा रहेछ भनेर ।
टेन्स कम्पनिको नाम यो भन्दा धेरै अगाडि नै सुनेको थिए । म यसमा डिष्टिब्युटर बनेको धेरै अगाडि पनि हो । बनियो मात्र तर प्रोडक्ट खासै राम्रो डिष्टीब्युट गरेको छैन । यसको मार्केटिङ प्लान म बिस्तारै बुझ्दैछु किनकी मेरो चाहना पनि के छ भने जिआईटीमा आवद्ध हुने साथीहरुलाई ग्लोबल बिजनेशमा हाल्दिउ भन्ने बिचार छ । मेरो चाहना त्यो साथीहरुले राम्रो अवसर पाओस् ।
मेरो अन्यन्य मित्र, अझ भन्नुपर्दा मेरो उमेरले दशकौ सिनियर, मान्छे चाहि म भन्दा नि सानो, कुरा गराई एक मिनेटमा पचाँस शब्दभन्दा माथि, उच्च लक्ष्य राख्ने मनोभाब भएका, मेरो सल्लाहकार मिनराज लामाले आयोजना गरेको हतार पतार कार्यक्रममा मलाई बिशेष ध्यान दिएर बिहानै मेरो निवासमा कार्यक्रमको लागि आउनुभएको थियो । कार्यक्रम किन हतार हतार भयो त्यो चाहि मैले थाहा पाउन सकिन । मेरो ४ जना साथीहरुलाई मैले कार्यक्रममा बोलाएको थिए । बिचराहरु नयाँ नयाँ नै थिए । त्यहि भएर यस्तो कार्यक्रममा सामान्य टिकट काटेर जानुपर्ने हुन्छ । उनिहरुसँग त्यो समस्या भएकोले टिकट पनि मैले नै काटेर भित्र प्रवेश गराए । अबको समयमा ग्लोबल जब गर्नु अति नै किफायति छ ।
कार्यक्रमको बिशेष आकर्षण थियो । नेपालको सबैभन्दा दोश्रो लक्जरी कार अचिबर, त्यो पनि दुई जना, अझ रमाईलोको कुरा त के थियो भन्दा महिला पनि पुरुष, त्यहिमाथि एउटै परिवारको बुढाबुढि नै थिए । पासाङ लामा र पेम्बा लामा साथमा नेपालको टेन्सको राम्रो ट्रेनर अनि सेभेन स्टार पद पाईसक्नुभएको प्रेम लिम्बु पनि हामीलाई यो कम्पनिको बारेमा निकै राम्ररी ट्रेनिङ दिनुभएको थियो । उहाँको ट्रेनिङ लिदै जादा मलाई टेन्सको कम्पनिको बारेमा थप धेरै कुराहरु सिक्ने मौका प्राप्त गरे ।
त्यो भन्दा नि अर्को Interesting पाटो के छ भने, बिरामीले गर्दा कार चढ्न पाए पेमाले । यसको रहष्य निकै प्ररणादायी छ । पासाङ लामा सामान्य परिवार भएको मान्छे । उहाँको मुटुरोग निकै समयअगाडि देखि थिएछ । अस्पतालमा डाक्टरले अप्रेसन गर्नुपर्छ सम्म भनिसक्नुभएको रहेछ । उहाँको अपलाईन किशोर थापाले टेन्सको पद्धति अपनाउनुस् निको हुनुहोस् र अरुलाई पनि यो कम्पनिको बस्तुको बारेमा जानकारी दिनुहोस् भन्नुभएको रहेछ । पासाङ जी त्यहि त्यहि गनुभएछ । उहाँको राग ३ महिनामा निकै नै लाभदायक भएको आभाष पाउनुभएको रहेछ । बिस्तारै उहाँको रोग पनि निको भयो र धेरै साथीहरुलाई पनि यो पद्धतिको बारेमो राम्रो जानकारी दिएर यो रोग निको हुन्छ भन्ने थाहा पाउनुभएदेखिन् अहिले ३ सम्ममा उहाँहरुले २ वटा कार परिवार मा भित्राईसक्नुभएको कुरा हामीलाई सुनाउनुभयो । हामी ट्वाल्ल.......। अझ त्यो भन्दा नि बढि ठुलो कुरा के भन्दा खेरी इन्टरनेश्नल रोयल्टी बोनस खाने मान्छे उहि पासाङ राम राम राम भन्नु बाहेक अरु त के नै छ र ।
पासाङ जीलाई उहाँको श्रीमतीले स्टेजमा बोलाएर हात मिलाउनुहुदाको क्षण मेरो आँखामा ताजै छ । साच्चिकै संघर्षको फल मिठो नै हुदा रहेछ । बिचरा पासाङ त्यतिकै त्यो स्थान सम्म पुग्नुभएको पनि हैन । उहाँको आफ्नो कथा आफैलाई थाहा छ । यहाँ खुलाएर कथा लामो बनाउनुभन्दा नबनाउनु नै बेस बरु तपाईहरुलाई पनि संघर्षको त्यो फिल्म हेर्न चाहनुहुन्छ भने मलाई इमेल गर्नुहोस् । anuzkulung@gmail.comमा
आफु परियो भनाउदा उदयीमान गायक । तर मलाई आफुलाई त गायक बन्छु जस्तो त लाग्दैन । आफ्नो आवाजको आफैले मुल्यांकन गर्दा त मलाई त्यस्तो भने कहिले पनि लाग्दैन । त्यहि भएर सँगीत श्रृजना तिर बढि ध्यान दिएको छु । परेको बेलामा गीत पनि साथीहरुले अफर गरिदिएपछि कहिले काहि गुन्गुनाउछु । त्यो कार्यक्रममा गीत गाएर मैले पनि निकै नै रमाईलो गरे । म सुगम सँगीतको साधक । त्यस्तै गीतहरु ब्ढि मन पराउछु । त्यो कार्यक्रममा केहि युवा केहि बुढाहरु थिए । दुवैलाई सुट हुने एउटा गीत राजेश पायलको लेटेष्ट एल्बम राई इज किङ बाट बिचार चोगे भन्ने गीत प्रस्तुत गरे । अन्त्यतिर मिनराज बुढोले ट्रयाक कतातिर क्लिक गरिदिएछ । सिद्धाउन नपाई बन्द गरिदियो । त्यसपछि कार्यक्रमको अन्त्यमा भने एउटा चर्चित लोक आधुनिक गीत हिउजस्तै गोरी हिमालकी छोरी भन्ने गीत गाएर मन्त्रमुग्ध बनाए । त्यो गीत गाएपछि म प्रति कस्तो नराम्रो घमण्ड फैलेछ भने आफैलाई रिस उठ्छ । नाक फुलेर कति ठुलो भयो । पासाङ सर, उहाँको श्रीमती लगायत धेरै मान्छेहरु नाच्नुभयो । पासाङ सरले ईटहरी र काँठमाडौमा बिबिएस भन्ने कार्यक्रम हुदैछ त्यहाँ गीत जसरी भएनि प्रस्तुत गर्नुपर्छ । त्यहाँसम्म जान आउन जे जति सबैको लागि म स्पोन्सर गरिदिन्छु भनेर माईकबाट सबैलाई सुनाईदिनुभयो । म खुसीले खुट्टा भुईमा छैन । यसरी कार्यक्रम बेलुका ६ बजेतिर समाप्त भयो ।
त्यसपछि म बाटोमा सोच्दै आए । पासाङ सरको कार्यक्रम कहिले हुने हो भा कतै माघका पहिलो र दोश्रो हप्ता हुने हो । म त त्यति खेर गाउँ जाने काम छ । भा कतै अवसर डुब्ने त हैन । हेरौ है पछि के हुन्छ.......

Monday, January 2, 2012 0 comments

जिआईटी दुलेगौडा तनहुँमा पनि


यम बहादुर बिकलाई चेक बितरण गराउदै म स्वं अनुज ।


अहिले मैले मेरो ब्लगको पुरै रुप बदलेको छु । यसको रुपको कुरा भन्दा पनि यसलाई मैले नयाँ बर्षको अवसर पारेर नयाँ लुगा किनिदिएको छु । सायद ठिकै लाग्यो होला तपाईहरुलाई ।
यो समय एकदम ब्यस्त समय भएकोले लेख्न त केहि पाएको छैन । तैपनि लेख्ने कोशिषमा छु । अध्ययनको लागि त कति पनि समय पाईन । कलेज


जानको त कुरै छोडौ । कुनै समयमा पत्रिका तिर पनि लेख्ने मेसो बनाईएको थियो त्यो पनि अब त छैन । पढ्नै पर्ने किताबहरु ¥याकमा थन्किएर बसेका छन् । काठमाँडौबाट धेरै अगाडि मगाएको किताब “सिद्धान्तका कुरा” र “गाधुली संसार” अहिले सम्म पनि छुन पाएको छैन । आनी छोइङको फुलको आँखामा भन्ने पुस्तक पनि पढ्न पाएको छैन । किनेर मात्र राखेको छु । पछिल्लो पटक साझा प्रकाशनबाट करिब एक दर्जन साहित्यिक पुस्तकहरु किनेर ल्याएको थिए । त्यो सबै फुर्सदको समयमा पढ्छु भन्दैछु तर त्यो फुर्सद अहिलेसम्म आउन सकेको छैन ।
जिआईटी ई बिजनेश मैले दुलेगौडा तनहुँमा पनि सुरु गरिसके । भौतिक रुपले यसको कार्यलय एकदम दयनिय छ । बिस्तारै बिस्तारै बनाउदै जाने कुरा छ । अफिसको लागि आवश्यक सामानहरु भने ६० प्रतिशत पुगिसकेको छ ।
म खुसी छु । किनकी त्यहाँका सबै साथीहरु यो काम प्रति एकदम रुचि राख्ने खालका छन् । आशा पनि छ ति साथीहरुबाट । भोलीको दिनमा नयाँ नयाँ कामहरु गर्दै जाने हाम्रो चाहना पनि छ । अहिले हाल म त्यहि रहदा मात्र पनि एउटा आइडिया फुरीहाल्यो । त्यो आईडियाको बारेमा म भन्ने नै छु तर पछि ।
दुलेगौडामा एक बिधार्थी मित्र यम बहादुर बिक मार्फत जिआईटी जान सम्भब भएको हो । यो मित्र तनहु एफ एमको न्युज रिपोर्टर पनि हो । यो मित्रले जिआईटी बाट चेक पनि प्राप्त गरिसकेको छ । जुन फोटो मैले यहाँ पनि प्रस्तुत गरेको छु ।
जिआईटी बिधार्थी साथीहरुको लागि अति नै आर्थिक लाभदायक पार्टटाइम आम्दानी गर्ने अवसर हो । यसमा रु.४००० तिरेर त्यति धेरै गतिला प्रशिक्षणका साथसाथै १५, २० वटासम्म ई बुकहरु पाउनु र कमाउने अवसर पनि पाउनु भनेको अति नै राम्रो अवसर हो । बिधार्थीहरुले यसमा मासिक रु.३००० देखि माथि रु.२०,००० भन्दा माथिसम्म कमाउन सक्छ । अहिले कतिपय बिधार्थीहरुले दिनमै पनि रु.२०० देखि रु.१००० भन्दा माथि कमाईराखेका छन् ।
खोज्याजस्तै सजिलै पनि यो काम चाहि छैन । यसको पनि आफ्नै केहि नियमहरु छन् । त्यो नियमअनुसार काम गर्नुपर्छ । कमाई भने छ ।
कुनै पनि साथीहरुले आफ्नो ठाउँमा यो ब्यबासाय सुरु गर्न चाहनुहुन्छ भने इमेल गर्नुहोस् nuzkulung@gmail.com
Sunday, December 25, 2011 0 comments

धेरै पछि तपाईको साथमा....

समय को अर्थ मैले अझै केलाउन सकेको छैन । यसको न मैले ब्याख्या गर्न सक्छु, न त रोक्न नै । आजकलको यो बेफुर्सदि समयलाई हेर्दा म आफै नै चकित छु । दुई शब्द आफ्नो मनको कुरा लेख्न पनि सकिएन साथै ब्लगमा यसो भर्न पनि गाह्रो भयो । त्यहिमाथि मेरो इन्टरनेटको समस्या पनि उत्तिकै भयो म केहि गर्न सकिन ।
खै के लेखौ ? लेख्नुपर्ने धेरै छ । कुन लखौ म आफैलाई थाहा छैन । आजकल अफिसको ब्यस्तता उत्तिकै छ । जिआईटीमा कामहरु लस्कर लाग्दै आएको छ । समस्या, भ्रम, खुसी, दुःखी, साथ, आदि धेरै कुराहरु अफिसमा भईराखेको छ । म न आत्तिएको छु न मातिएको छु । म मात्र काम गरिरहेको छु । मलाई थाहा छ काम गर्दा दुःख हुन्छ । त्यसैले म ब्यस्त छु ।
गएको दुई दिन अगाडि (पौष ७ २०६८) जिआईटीमा यस्तो घटना भयो कि मेरो कम्पनिको इतिहासमा यो एउटा अबिष्मरणिय घटना थियो । खोई के भन्ने म यसको बेलिबिस्तार नै लाउन सक्दिन । करिब २०० जनाको हाराहारीमा भएको मेरो क्लाईन्टहरु अहिले घटेर कति पुगे हिसाब किताब गर्न सक्दिन । कामको बारेमा अनुभब किन चाहिदा रहेछ ? यो कुरा मलाई बल्ल थाहा भयो । क्वालिफिकेशन किन खोज्दा रहेछ मान्छेहरुले ? यो पनि चाल पाए । तर हामी बुद्धुहरु बिना योजना काम गर्न थालियो भने भताभुंग हुने कुरा पनि मैले चाल पाए । हो मेरो त्यस्ता त्यस्तै भयो ।
मनमा केहि चिन्ता छ । मनमा कतै डर पनि नभएको होईन । तर मुटु केहि हदसम्मद दह्रो नै छ । म खुसि छु किनकी साथ दिनेहरु धेरै छन् । म केहि ऋणमा परेको छु । त्यो ऋण तिर्नु नै जीबन गुजार्नु जस्तो लागेको छ ।
हेरौ के हुदै जान्छ ।
२०६८ पौष १० गते
Thursday, November 10, 2011 1 comments

बिश्वास

बिश्वास भन्ने चिज खै के हो, के हो ? म त सोच्न नै सकिन । जीबनमा उत्तरचढाब, उकालो ओराली भैराख्ने रहेछ । खै के भनु । म मान्छेलाई चाँडै बिश्वास गर्छु । अरुको जीबनको यो कहानी पनि मैले नपढेको होईन । पढेकै हो । तर पनि खै किन हो, म त्यो कुराबाट प्रभावित हुन सकिन ।

आजको दिनसम्म कति हो कति यो बिश्वासको कडिले सताएको सताए छ । बिश्वासघात गर्ने जो छन् । तिनीहरु मेरा आँखाको सामु पर्दा मलाई यति बिधीको रिसराग आउछ कि । न त्यसलाई सरगम हालेर गाउन सकिन्छ । न त्यसलाई तालबद्ध रुपले गाउन नै सकिन्छ । यो त जीबनको खेल हो । बस जीबन बिश्वास गर्नु नगर्नु, कसलाई गर्नु, कसलाई नगर्नु खै ...के हो के हो....म त अचम्मित छु ।

...............२०६८ कात्र्तिक २५ गते
Sunday, October 16, 2011 0 comments

एसपालीको मेरो दशै...










दशै नै हो कि यो मेरो दशा.....यो गीत मैले सानो छँदा नै सुनेको थिए । पश्चिमा गीतहरु मेरो मानसपटलमा छपक्कै बस्न गाह्रो हुन्छ । मैले सोचे ऊ बेला, दशै त सधै भईदिए नि हुन्थ्यो । तर यो बर्षदेखि साच्चै मलाई योगेश्वर दाईको गीत जस्तै लाग्न थाल्यो । दशै पक्का दशा नै रहेछ ।
मान्छे जति बढ्दै गयो उति दिमागको क्षेत्रफल पनि बढ्दै जाने रहेछ । ब्यबहारमा कसरी हाम्रो बाबुआमाले थेगे होलान् जस्तो लाग्यो । यो बर्ष.... त्यो पनि आभाष भो कि हाम्रा बाबु आमा कति आँटिलो हुनुहुँदोरहेछ । यतिको बर्षसम्म साच्चै कसरी हामीलाई खुसी दिन सकेका होलान् । दशै कति रमाईलो हुन्छ आहा भन्ने हाम्रा भाईहरु अहिले त्यस्तै छन् । कति जना होलान् बाध्यताले दशैको रमझम पाउन नपाएका । कति मुगलान पसेका प्रवाशीहरुले त्यो पिडाको गजलहरु फुराएका होलान् । कति कबिताहरुको जन्म भएको हाला । अनि त्यही भएर त होला नारायणगोपालले यस्तो गीतमा सँगीत गरेर दिलमाया खातीसँग गाएको.....
बिछोडको पिडा नसकी खप्न दशैको बेलामा
तिमीलाई भेट्न आउदैछु फर्कि रमाईलो गाउँमा
.....साच्चै होला । प्रियसीलाई भेट्न आउने लर्को मुगलानदेखि कति हो कति । त्यो छिमेकी देशबाट नेपालमा कति नेपालीहरु पसे होलान् ।
दशैको बेलामा मेरो भने यो पाली गाउँ देख्ने सपना अधुरै रह्यो । यो पाली मलाई पीडाको बोध भयो । पोखराको महंगीमा रम्नु, आफ्नै कोठामा हार्मोनियमको पर्दा खेलाउनु, नयाँ गीतको रचना गर्नु, नयाँ गीतमा सँगीत भर्नु, मेरो मित्र लेखक दीपक पराजुली अनि मेरो सहकर्मी मित्र सुर्य कुलुङ, मिनराज तितुङ अनि अन्य साथीहरुसँग तास खेल्नु, २०, ३० रुपैया हार्नु, फेसबुक चलाउनु, सरांकोट डाडाको मुनि घुम्न जानु, कुईरेहरु बनावटी चराजस्तोबाट उडेको हेर्नु, अचम्म मान्नु, डाडामाथि उक्लेर पोखराको अवलोकन गर्नु, फिल्म हेर्नु, रोटी, केरा, भात, मासुको परिकार खानु यो पालीको दशै भो ।
सँगीत क्षेत्रको प्रगति..
दशैमा मेरो उपलब्धि भनेको ३ वटा गीतहरुको रचना र त्यसमा लय संयोजन हो । त्यो गीत मध्ये एक कवाली टाईपको र अरु दुइटा आधुनिक थियो । कवाली टाईपको गीत मैले एउटा दृष्टिबिहिन ब्यक्तिलाई आधार बनाएर रचेको थिए । शब्द संयोजनमा कमजोरी भए पनि गीत जबरजस्ती बनाएको थिए । यस्तो थियो यो गीत........
यो संसार हेर्ने मेरो चाहना छ
यो दुनियाँ देख्ने मेरो चाहना छ
तर यो स्वार्थी दुनियाँमा
जमाना खराब छ ।
.........................................
यो गीत तयार पार्न मलाई तीन दिन जति लाग्यो । केशब सुवदी (जो दृष्टिबिहिन हुनुहुन्छ) रेडियो नेपालको परिक्षामा उत्तिर्ण गरेर स्वर खारेर बसिरहेको गायक । अनि पैसाको अभावमा गीतहरु रेकर्ड गर्नबाट बञ्चित भएका सुवेदीबाबु ९ बर्षदेखि त्यतिकै छन् । एकताका पोखरामा एउटा गीत रेकर्ड गराएका थिए, सँगीतकार नवराल बरालको सँगीतमा । जुन गीत यस्तो थियो ।
घामै नदेखि जुनै नदेखि
बितिगयो अब मेरो जिन्दगी
.....यो गीतले सुवेदीलाई गायक भनेर चिन्न मद्दत त पुग्यो तर उनको गायकीले निरन्तरता पाउन सकेन । भर्खरै रेडियो नेपालबाट बरिष्ठ कवि तीर्थ श्रेष्ठको शब्दमा अनि झट्ट हेर्दा पूर्व घर भएका शम्भु राई जस्ता देखिने सँगीतकार श्रीमान थुलुङको सँगीतमा रहेको गीत गाएर पास गर्न पनि सके अनि गीत रेकर्ड गर्न पनि भ्याए । त्यो गीत यस्तो थियो ।
यो कस्तो हुरी चल्यो मन्दिरको गजुर ढल्यो
कहाँ गए देबी देवता मनभरि आँशु बल्यो
...यो गीत गाएर ब्यक्तिगत साधनामा तल्लिन सुवेदीबाबु मकहाँ आएर भने
“अनुज भाई मलाई एउटा करहवा तालको गीत बनाईदेउन है ?”
म पत्याउदिन र भन्छु “मेरो सँगीतको पनि के गीत गाउनु !”
केशब बाबुले पहिले मैले बनाएका २, ४ वटा गीतहरु सुनेका थिए र उनी त्यहीबाट प्रभावित भएको बताउछन् । मैले सोचे “अब मैले कस्तो गीत बनाउने हो यो मान्छेको लागि, त्यो पनि करहवा तालमा ?”
पछि सोच्दै गईयो । साधनाको पलेटिमा बसिटोपले । हार्मोनियमको पर्दा खेलाउदै कराउदै गए । बिस्तारै बिस्तारै एउटा धुन निक्लदै आयो । त्यो धुन पहिल्यै कसैले बनाएको गीतसँग मिल्दो जुल्दो भयो र मैले बिस्तारै नट फेर्दै फेर्दै बनाउँदै गएँ । धुन त बन्यो तर अब शब्द मिलाउनुपर्नेभो र शब्द बनाए उही,
“जमाना खराब छ.....”
अर्को गीत पनि बनाईयो । त्यो गीत वर्तमान समयलाई आधार बनाएर बनाएको गीत थियो । त्यो गीत आधुनिक टाईपको थियो ।
यो जुनि हाम्रो के हो के हो कति दिन बाचिने
आशा छैन भर नि छैन कति दिन बाचिने
.....यो युगल गीत हो । यसलाई भबिष्यमा रेकर्ड गर्ने मेरो चाहना छ । अर्को गीत देशको बिषयलाई आधार बनाएर बनाउन कोशिष गरेँ ।

कहिले यो देशमा शान्ति आउने
कहिले यो देशमा संबिधान बन्ने
कहिले यो देशको नेताहरुले
गरिबि जनताको भोक मेटाउने...
यिनै थिए दशै बिदाको मेरो संगीतको प्रगति । सँगीत सिर्जनालाई मैले साधनाको रुपमा लिएको छु र यो साधना मेरो आउने दशकका लागि हो । साधना कसरी गरिन्छ ? यो मैले सिकिरहेको छु ।
३० जति जितियो, ६० जति हारियो
यसभन्दा अगाडि मलाई कहिले पनि तास खेलेको राम्रो अनुभब छैन । दशैको समयमा साथीहरुले तास खेल्ने प्रस्ताब राखे । जुदपति भन्ने खेल चाहि मलाई खेल्न आउँछ । तासका अरु खेलाहरु मलाई खासै आउदैन थियो । सुर्य र दीपकजीले “अनुज सर तास खेलौ” भनि प्रस्ताब गरे ।
मैले भने “मलाई त आउदैन नि ‘मान्यसदस्य’..... !”
सुर्य र दीपकजी दुवैले भने “हामी सिकौला नि ‘मान्यसदस्य’.... !”
यसपछि हातमा २१ वटा तास प¥यो । न खेल्न जानिएको छ न त कहिले खेलिएको नै छ । जबरजस्ती ध्यान दिएर खेल्न कोशिष गरिहेरे । सबैको सिक्वाइन्स मिलाउनु, माल काट्नु, ध्यान दिएर साथीलाई पेल्नु, अरु साथीहरुभन्दा अघि नै सिक्वाईन्स मिलाएर माल काट्नु । यि कामहरु मलाई साह्रै झनझटिलो महशुष भयो । कुनै बेला माल राम्रै पर्दा बाजी नमारेपनि पैसा पाईदोरहेछ । माल नपरेको बेलामा एक पोईन्टको खेलामा पनि गजबले हारिँदो रहेछ । दशैँको अन्तिम दिनसम्म पनि खेलियो तास । तर जित मेरो हुन सकेन । अन्तिम दिनको अन्तिम गेममा चाहि मैले जबरजस्ति जितेँ । मैले तासबाट रु.३० चाहि जिते तर रु.६० चाहि हारे । रु.३० घाटा भयो र पनि म दुःखी छुईन । किनकी एक त खेलमा हारजित जसको पनि हुन्छ अर्को म कहिले नखेलेको मान्छेले कसरी खेलिन्छ भन्ने पनि सिकीयो । त्यो पनि प्राक्टिकल्ली ।
फिल्म पनि हेरियो
नेपाली फिल्म म प्रायशः महिनादिनको एकपटक हेर्ने गर्छु । नेपाली फिल्म नै हेर्छु, अरु होईन । राम्रो निर्देशक, राम्रो कथा पटकथा, राम्रा कलाकार भएको फिल्म म भरसक छुटाउँदिन । मलाई मनपर्ने निर्देशक तुलसी घिमिरे हुन् । उहाँको कुनै पनि फिल्म हेर्न म छुटाउदिन । “देश” भन्ने फिल्म गत बर्ष मैले हेरेको थिए । त्यो फिल्म रिलिज भएको बेला प्रमोशनको क्रममा पोखरा पनि आउनुभएको थियो । त्यसै क्रममा एउटा पुस्तक समिक्षा कार्यक्रममा प्रत्यक्ष भेट्ने अवसर पनि मिल्यो । २, ३ बाक्य बोल्ने अवसर पनि मिल्यो साथै एउटा अटोग्राफ पनि लिने अवसर पाईयो । त्यसपछिको क्रममा मैले धेरै फिल्महरु हेरे । छोडिगए पाप लाग्ला, दशगजा, बाटोमुनिको फुल, आचार्य आदि ।
दशैमा मैले दुई वटा फिल्म हेरे । मेरो लभ स्टोरी र अन्दाज । सुवर्ण थापाको निर्देशनमा रहेको उक्त फिल्म मलाई ठिकै लाग्यो । थापाको निर्देशनमा बनेको सानो संसार र मेरो एउटा साथी छ भन्दा यो फिल्म ठिकै हो । अघिल्ला दुई फिल्महरु अलिक राम्रो लाग्यो । हिरो, हिराईन भेट हुनु, अर्को हिरोसँग बिहे गर्न खोज्नु, हिरो हिरोईन घुम्न जानु, बाबुआमाको दुर्घटनाको सम्झना गर्नु, हिरोईनमाथि शारिरिक सम्पर्क हुनु, बिहे रोकिनु, बिहे नभई बच्चा जन्मिनु, हिरोको साथी बिहेको लागि पुन आउनु, हिरो केटीहरुलाई शारिरिक सम्पर्कको लागि मात्र साथी बनाउनु, पछि हिरो हिरोईन फेरी मिल्नु आदि थिए । यिभित्रका कथाबस्तुहरु ठिकै लाग्यो सुधार्नु पर्ने कुराहरु धेरै छ ।
“अन्दाज” फिल्म तुलनात्मक रुपले राम्रौ फिल्म हो । यो फिल्मको बिषयमा मेरो ब्लगमा केहि कुरा पनि लेखेको थिएँ । केही साथीहरुको मेरो लेखप्रतिको धारणा सकरात्मक भए पनि पनि केहीको भने नकरात्मक थियो । मैले नेपाली हस्तीहरुलाई नराम्रो कहिले पनि ठानेको छैन । तर चलचित्र जहिले पनि एकैनाशको नहोस्, केही परिबर्तन पनि होस् भन्ने मात्र हो । अन्तर्बार्तामा रेखा थापाले चलचित्र मनोरञ्जनको लागि मात्र हो भन्नुमा मेरो धारणा नकरात्मक रहेकोले ब्लगमा त्यो भावना पोखेको मात्र हँु । तर रेखा थापा राम्रो प्रतिभा भएको नेपाली चलचित्रक्षेत्रको नायिका हो । यस कुरामा म उहाँको सम्मान गर्छु ।


घुमघाम कार्यक्रम
यो बर्षको दशैमा पोखराको एक सुन्दर ठाउँमा घुम्ने मौका जु¥यो । अझ मुख्य सुन्दर ठाउँमा भने घुम्न पाईएन तर त्यस क्षेत्रको वरपर भने घुमियो। मेरो आत्मिय मित्रहरु मिनराज लामा, सुर्य कुलुङ र म सहित सरांकोटको तल्लो डाँडासम्म घुम्न गईयो । मानबनिर्मित घोडा भट्भटेमा तिन जनानै चढेर गईएको थियो ।
म पोखरा आएको दुई बर्ष भईसक्यो तर यहाँका मुख्य पर्यटकिय केन्द्रहरुमा पुग्ने शौभाग्य प्राप्त गरेको छैन । दिनालुदिन बिहानबेलुकाको गाँसको लागि काममा नै जोतिनु पर्ने भएकोले घुम्न जान फुर्सद नै मेरो रुटिनमा मिलेन । त्यहि भएको कारणले गर्दा मैले योपाली सरांकोटको तल्लो डाडाँनै भए पनि घुम्न जाने मेसो बनाए र गए पनि । त्यो डाडाँ आहा ! कति रमाईलो । मान्छे पनि उड्न सक्दो रहेछ । मैले टेलिभिजनतिर मात्र देखेको थिए, त्यो मान्छे उड्ने चरा । तर योपाली भने आफ्नै आँखाको अगाडि देखे । ठुलो ठुलो प्लाष्टिको ज्यान चौउरमा फैलाउनु, त्यसको आफ्नै पहिरन लगाउनु, त्यसको उड्ने तरिका वान टु थ्रि भन्दै दौडनु सिक्नु, अगाडि एउटा पछाडि, एउटा बसेर दौडेर भीरजस्तोबाट हाम फाल्नु, यो मेरो लागि साह्रै डरलाग्दो उडान जस्तो लाग्यो । अरु उडेको देख्दा नै मुटु कामेको थियो । म आफैनै उडेको भए सायद मेरो अफिसमा छुट्टि मनाउनु पथ्र्यो । तर म उडिन ।
नेपाल बिकाशमा यो मानब चराले झन्डै निकै फड्को मार्ला जस्तो मलाई भान भईरहेको छ । त्यो ठाउँमा बिहानै यति धेरै मान्छेहरु उड्छन् । त्यसलाई गनेर साध्य हुन्न । कुनैबेला काग उडेको थुप्रो जस्तै काला, गोराहरु उडेको उडेकै हुन्छन् । एक उडानमा कम्तिमा रु.३००० देखि रु.५००० माथि लिएको हुन्छ । प्रति दिन ५० देखि माथि काला गोराहरु उडेको हुन्छन् । यसो हिसाब गर्दा त पैसाको बिटा त कति हो कति । यसमा सरकारले कस्तो ध्यानआकर्षण गरेको छ । त्यो त मलाई थाहा भएन । त्यस्तो पर्यटकिय ठाउँमा पनि बाताबरणको हिसाबले केहि कमजोरी त पक्कै छ । बाताबरणको हिसाबले त्यो ठाउँ एकदम राम्रो भएतापनि अझ सरकारले त्यो ठाउँमा सडकको राम्रो ब्यवस्था गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ । कच्चि बाटो हुनु, धुलो उडेको उड्यै गर्नु, कच्चि बाटोमा जोखिम बाटोमा गाडि सयर गर्नु, पर्यटकहरु हिड्दै यात्रा गर्नु । यो साहै्र दुःखदायी कुरा हो । नेपाल सरकारले यो फुच्चे ब्लगमार्फत ध्यान देओस् ।
धेरै साथीहरुले मलाई आरोप, पत्यारोप, आलोचना पनि गरिरहेको पाए । म लेखक होईन । लेखक कसरी भईन्छ ? यो बिषयमा म कखरा सिक्दै छु । मेरो धेरै ठाउँमा आवद्धता भएको पनि छ । कामको हिसाबले म ई कमर्स ब्यबासायी हुँ । नेटवर्कर पनि हुँ । अर्कोतिर सँगीत बिधार्थी हुँ । सानातिनो सञ्चारकर्मी पनि हुँ । म साहित्य, सँगीत र ब्यबासायसम्बन्धि पुस्तकको पाठक पनि हुँ । म यहि बिषयमा नै बढि ब्यस्त हुने भएकोले घुमघामको समय छुटाउन पाउदिन । अनि साथीहरु मलाई धेरै ठाउँमा हात हालेर तैले खतम काम गर्दैछस् भन्ने धारणा राख्छ । तर म यो साथीहरुकोे कुराप्रति सम्मान गर्छु । यो बिषयमा यहि भन्न चाहन्छु कि मेरो दुई वटा पार्ट छोड्न सक्दिन । कला र ब्यबासाय नै मेरो साथी भईसकेको छ । न त ब्यबासायलाई छोड्न सक्छु न त कलालाई नै । ब्यबासायले मलाई बिहान बेलुका खान पुग्छ भने कलाले मेरो साथी बनाउने काम पनि मिलेको छ । पछिल्लो पटक त कलाले नामलाई अलि माथि पु¥याएको मात्र होईन कि दाम पनि पाएकोले म यसलाई छोड्न सक्दिन । अर्को कुरा मेरो ब्यबासाय प्रबिधिसँग आधारित भएकोले सञ्चारसँग मेरो नजिकको सम्बन्ध छ र साहित्य, सँगीत र ब्यबासायसम्बन्धि पुस्तकहरुको बाबजुद मनमा लागेको कुरा लेख्छु । अनि सञ्चारमाध्यमले पनि मलाई साथ दिएर मेरो लेखनलाई पाठकसमक्ष पु¥याईदिएर मेरो लेखनको प्रशंशा गरिदिदै लेख्नमा हौशला प्रदान गरिदिएको छ । म यसलाई पनि कहाँ छोड्न सक्छु होला र ? म लेखक होईन तर एक दशकभित्र भनाउदा लेखक हुन्छु कि भन्ने आशा राखेको छु र अहिले नै अध्ययनलाई समय दिएको छु । कमाएको १० प्रतिशत मेरो कमाई किताबमा खर्च हुन्छ । यो पाली मैले आँश, तपाईको जीत, धनि बुबा र गरिब बुबा, ठुलो सोचको ठुलो जादु, आर्थिक बिकाशको सवालहरु, राज्यको अन्त्य होस्, दशगजामा उभिएर, आफ्नै आँखाको लयमा भन्ने पढेको छुँ । आफ्नै आँखाको लयमा भन्ने खगेन्द्र संग्रौलाको पुस्तक मैले दुईचोटी एकरात पुरै रात यहि किताबमा बित्यो । त्यसले गर्दा मेरो आँखाहरु पुरै पाकेर आयो । आँखा साह्रै दुख्यो । ३, ४ दिन आँखा दुखेर हेरिनसक्नु भयो । आँखा दुख्दा टाउँकोलाई पनि असर गर्ने भएकोले म उपचारको लागि आँखा अस्पतालमा पोखरामा गए । त्यस ठाउँमा अफिल खोल्नु अगाडि नै लामो लाम बस्ने रहेछ । अन्तिमतिरको लाईनमा धैर्य गरेर २ घण्टापछि मेरो पालो आयो र आँखा चेकअप गरे र आँखाको ओखती डाकसापले उपलब्ध गराउनुभयो । यहि कारणले गर्दा नै मेरो हप्ता पन्ध्र दिन अध्ययनको क्रम अवरुद्ध भयो ।
दशैको यहि नै थियो हाल खबरहरु । मान्छेको जीबन कहिले उकाली कहिले ओराली उत्तारचढाबहरु आईराख्छ । त्यसलाई कसरी पार गर्ने भन्ने सवालको बिषयमात्र हो । मेरो तत्काल जीबनमा पनि खासै सुखको अनुभुति गर्न पाएको छैन । तर यो बेला नै दुःखको अनुभुति भएको हुदा हर्षित नै छु । यो समयलाई मैले पार गर्न सकेभने आगामी दशकको जीबन खुसी हुन्छ भन्ने मलाई पुरा आशा छ ।
Friday, October 7, 2011 0 comments

रेखा आन्टिलाई मात्र होईन, सबैको लागि तितो टिप्स......

२०६८/०६/२०
हाम्रो रेखा आन्टीको लेटेष्ट फिल्म अन्दाज भन्ने आज हेरियो । फिल्म तुलनात्मक रुपले राम्रो छ । नव कलाकारको आगमन अनि जुन प्लेटफर्म उहाँले दिनुभएको छ, त्यो मलाई उहाँको राम्रो लाग्छ । नेपाली चलचित्र क्षेत्रमा हिरोईन क्षेत्रमा तर्क दिन सक्ने हिरोईन पनि उहाँ नै जस्तो लाग्छ । आफ्नै निर्माणमा बनेका चलचित्र अजम्बरी नाता, हिम्मत, किस्मत, कसले चो¥यो मेरो मन र अन्दाज सम्म आईपुग्दा यो फिल्म राम्रो लाग्यो । बसन्त सापकोटाले यो फिल्ममा राम्रो सँगीत दिनु भएको छ । गायक गायिकाहरुमा नयाँलाई बढि प्राथमिकता दिनुभएको छ । तर.....
एबिसी टेलिभिजनमा रेखा र नयाँ हिरो समिरले अन्तर्बार्ता दिएको मलाई केहि कुरा चित्त बुझेको छैन । कतिपय अवस्थामा रेखा आन्टिलाई बढि नै तर्क दिएर जितेको जस्तो मलाई भान हुन्छ । प्रचण्डसँग नाचेको जस्तो रमाईलो कुरा जनताले जसरी हेरे पनि रेखा आन्टिको केहि कमजोरी पक्कै छ । चलचित्र तपाईले एउटा रमझम रमाईलो गर्नलाई मात्र दर्शक गएको हुदैन । कतिपय चलचित्रहरु हेर्न दर्शकहरुले केहि कुरा सिक्न पनि चलचित्र हेर्न गएको हुन्छ । तपाईले उक्त अन्तर्बार्तामा चलचित्र मात्र रमाईलोको संज्ञा दिनुभएको छ । हो म मान्छु चलचित्र रमाईलोको संज्ञा हो त्यहाँ एक्सन फाईट हुन्छ, बेड सिन हुन्छ, किस सिन हुन्छ, नयाँ ठाउँको दृश्य हुन्छ, रमाईलो नृत्य हुन्छ, अंगप्रदर्शन हुन्छ अनि केहि सकरात्मक कुराहरु पनि समावेश हुन्छ त यसैले काम चलिरहेको छ नेपाली फिल्म । तपाईहरु जस्तो चलचित्र निर्माता, कलाकारहरुले कहिले बनाउने हिन्दी फिल्म सिबाजी द बोस जस्तो, कहिले बनाउने तारे जमिन पर जस्तो, कहिले बनाउने द सोसल नेटवर्क वेबसाईट जस्तो, कहिले बनाउने यस्तो तरिकाको चलचित्र । नेपाली चलचित्र दर्शकले किन रुचाउदैनन् भने सधै सबै फिल्महरुको कथाबस्तु एउटै हुन्छ । त्यहि हो हिरो आयो, बाझ्यो, माया गास्यो, म¥यो, कुट्यो त्यतिनै हो । तर कथा बस्तुमा, स्क्रििप्टहरुमा, अभिनयमा, गीत सँगीतहरुमा, फरक धार ल्याउनुप¥यो । तपाईहरुको स्क्रिप्ट सुन्न लायकको परिबर्तन अझै भएको छैन । त्यति जतिको बनाउने प्रबिधि भित्राउन सकिएको छैन होला तर प्रयाश त गर्न सकिन्छ ।
नेपालमा त्यस्तो स्क्रिप्ट लेख्नेहरु पनि छन् जो छिमेकी देशमा आफ्नो स्क्रिप्ट बेच्न बाध्य भएका छन् । बाबा एसा बर ढुंढो जस्तो चर्चित भारतिय टेलिश्रृंखला अनि एक ताक निकै नै मच्चाएको भारतिय सिरियल कहानी घर घर कि कसले रचेको होला । त्यो तपाई आफै नै बिचार गर्नुहोस् । त्यसलाई किन बाहिर बेच्ने तपाई भित्रै नै प्रयोग गर्ने बाताबरण बनाएर किन नगर्ने नेपाली फिल्मको बिकाश ।
म नेपाली चलचित्र बिश्लेशक होईन । म अभिनय गर्ने कलाकार पनि होईन । म कुनै नृत्य सिकाउने नृत्य प्रशिक्षक पनि होईन । म लेखक पनि होईन । म स्क्रिप्ट राईटर पनि होईन । म डायलग राईटर पनि होईन । म नित्तान्त नेपाली फिल्मलाई माया गर्ने नेपाली युवा हुँ । म नेपाली सँगीतलाई माया गर्छु । आर्थिक रुपले कमजोर हाम्रो देश नेपाललाई सबल र सक्षम कसरी बनाउन सकिन्छ । नेपाललाई पर्यटन क्षेत्र भनेर चिनिन्छ । पर्यटन क्षेत्रबाट कसरी नेपाललाई आर्थिक रुपले सबल र सक्षम बनाउन सकिन्छ । नेपाल प्रबिधिमा कमजोर छ प्रबिधि नेपालमा भित्राउन हाम्रो अबको प्रयाश हो । यो बिषयलाई तपाईहरुले कसरी खिच्न सक्नुहुन्छ । अब कलाकारहरुले यो पनि देखाउन जरुरी छ कि जुन चलचित्र देख्दा युवाहरु बिदेशिन नपरोस् ।
यो मेरो मनोभाबले कुनै कलाकारको चित्त नदुखोस् । यो मेरो ब्यक्तिगत धारणा मात्र हो । यो रेखा आन्टिको तर्कले मात्र यो कुरा उठेको हो । “रमाईलो मात्र हो । ज्ञान लिनु छ भने पुस्तक पढ्नुहोस्, कुनै बौद्धिक ब्यक्तिसँग बसेर सिक्नुहोस् । चलचित्र मात्र रमाईलोको लागि हो ।” यो उहाँको भनाईलाई मैले पचाउन सकिन । यसले नेपाली चलचित्र झन् खस्निेछ । यसो गर्दा नेपाली फिल्म हेर्ने मान्छे कम हुनेछ । खाली भारतियन फिल्म मात्र हेरिनेछ । भारतियन डायलग मात्र याद हुनेछ । भारतियन गीत मात्र सुनिनेछ र गाईनेछ । अनि चलचित्र को माध्यमबाट नेपाललाई भारतले चेप्दै लानेछ । अनि हामी भारतियन हो भन्नु पर्ने बेला पनि आउन सक्छ भन्न सकिन्न । त्यहि भएर हरेक चलचित्र क्षेत्रमा लाग्नुभएको ब्यक्तिहरुले बुझ्न जरुरी छ । बुझ्नेलाई बुझिदिनु, नबुझ्नेलाई केहि छैन । मेरो कुरा यति नै हो ।
Tuesday, October 4, 2011 0 comments

एक्लो यात्री....




तिमी नजिक हुँदा त खुशीको बर्षाद छरिन्छ बहिनी
तिमी टाढा हुँदा आँसुको बर्षाद छरिन्छ बहिनी
म त एक्लो भएँ, कति दिन एक्लै रहने बहिनी
दशंै त दशाजस्तै भो, रम्ने कहि भएन बहिनी
म त एक्लो भएँ
एक्लो अनि अझै एक्लो







भाईतिकाको टिका थाप्न यो थोपडामा लेख्या छैन
खै कस्तो हुन्छ भाईटिका यो आँखाले देख्या छैन
कति दिन झारौ आँशु एक्लोपनको महशुष गरी
जति रोक्न खोजे पनि रोकिदैन कसै गरी
आखिर म एक्लो छु त्यहि भएर नि होला
एक्लोपनको दिलमा मन कसैको गएन होला
म त एक्लो भएँ
एक्लो अनि अझै एक्लो




न त छ परिवार न त आफ्नो नजिकको नै
आशिष दिने कोहि भएन, जहाँ जति खाजे नि
आखिर म एक्लो छु त्यहि भएर नि होला
पापी बाबु किन चाँडै छोडेर गए होला
म त एक्लो भएँ
एक्लो अनि अझै एक्लो.....


आमा छिन् समुन्द्र पार् भेट्ने मेरो मनै छैन
आशिष थापी तृष्णा मेट्ने मेरो मनै छैन
छोरा यसै खेर गयो दरो मन बनाउ आमा
छोरा देखि मन गाह्रो नबनाउ आमा
आखिर म एक्लो छु, एक्लो सधै भईरहनेछु
जहाँसम्म साँस हुन्छ, गाँस खोज्न गईरहनेछु ।
म त एक्लो भए
एक्लो अनि अझै एक्लो
.....दशैको सम्झनामा २०६८ असोज १७ गते
Sunday, October 2, 2011 0 comments

बनावटी गुरु अनि बिचल्ली चेला

मेरो ब्लग नभरेको पनि कति भईसक्यो के गर्ने होला भन्दै जहिले पनि म पिरोलिन्छु । मनको कुरा कति पोखाउ भन्छु तर लेख्न भ्याएको कहिले पनि हैन । कुकुरको काम पनि छैन पैसा पनि छैन भन्याजस्तो । आजकल दिनहरु नरमाईलोभित्र रमाईलोको छायाँ पर्दै गएजस्तो लाग्छ । कामहरु केहि सप्रेजस्तो पनि लाग्छ तर त्यो मुख्य समस्याको जरा उखेलेर फाल्न सकेको छैन । स्पिक एसियाले यो बर्ष निकै नै सतायो, रुवायो, पिरोलायो, केके पो गरेन यि कसिंगारले ।
पुर्बाञ्चलको साओलको लिडर पनि मेरो निवास तिर नै आईहाल्नुभयो । केहि समस्याको समाधान हुन्छ कि भनेर आएको बिचरा के गर्ने । ति हाम्रा भनाउदा गुरु कहाँ जानुभयो कुन्नि ? उहाँ त जानेबेला “ल है नानी बाबुहरु म उ त्यो छिमेकीको घरतिर यसो बुझ्न जान्छु है । हाम्रो घरमा किन पानी आउदैन रहेछ भनेर ।”
खै त्यो बुढो गएको कति महिनौ भईसक्यो । घर फर्किने हैन । यसो हातेफोनको सहारा लिएर जोडिन खोज्छु, “आउदैछु म यता थोरै साथीहरुसँग पानी निकाल्ने सवालको बिषयलाई कुरा गरेर आउने बिचार छ । तिमीहरुको घरमा मज्जाले पानी आउछ । चिन्ता नगर हामी हाम्रै नेपालमा आफ्नै पानीको धारा बनाएर बस्नुपर्छ पो भन्छ बा”
यता बच्चाहरु कराको कराकै छन् । उनिहरु भन्छन् “यहाँ तिर्खा लागेर मर्न लागिसकियो । छिटो पानी दिनुस् न” अनि म भन्छु “पर्ख न पर्ख मुहान अलिक बिग्रेको छ रे बनाउदै छ रे क्या”
यतिकै समस्याहरु अहिलेसम्म पनि भईरहेको छ । म भने यता उति गरेर पानी खोजेर प्यास मेटाउनेसम्म प्रयाश गर्दैछु । बच्चाहरुलाई पनि पर्याप्त पानीको ब्याबस्था मिलाउने प्रयाशमा जुटिरहेको छु । अस्ति आउने भन्थे हाम्रा गुरु छिमेकीबाट अहिले त हातेफानसमेत सम्पर्कमा जोडिन सक्दैन किन होला । मलाई लाग्छ प्लेनको तार काट्ने मुसाले त्यो पनि बाकी राखेन । हेरौ कहिले आउनुहुन्छ हाम्रा ति औडाहा गुरु आएपछि के हुँदा रहेछ त्यो त यहि आएपछि थाहा भईहाल्छ नि !

Ishwor Amatya

Biography of Narayan Gopal (Part2)

Dipak Raj Giri"Interview"

Biography of Narayan Gopal (part1)

Biography of Narayan Gopal (Part3)

 
;