Thursday, September 22, 2016

के हो एफिलेट मार्केटिङ ?

अनलाइन मार्केटिङको दुनियाँमा एफिलेट मार्केटिङ एउटा महत्वपुर्ण पाटो बनेको छ । विशेष गरी सहज तरिकाले विभिन्न बस्तु तथा सेवा बिक्रि वितरण गर्न सहज बनाइदिने यो सिष्टममा पछिल्लो पटक कैयौ विश्वका ब्यक्तिहरु यो क्षेत्रमा आवद्ध भई काम गरिरहेका छन् । 

छोटो समयमा घरमै बसि बसि एफिलेटको माध्यमबाट कैयौ डलर कमाएका उदाहरणहरु छन् । राम्रो र भरपर्दो कम्पनीहरुमा आवद्ध भएर कमाइ गरिरहेका कुराहरु तपाईले सोसल मिडिया साइटहरुमा प्रशष्त प्राप्त गर्न सक्नुहुन्छ । 

सबैभन्दा धेरै विश्वमा चलेको एफिलेट कम्पनीहरुमध्ये ClickBank.com पनि एक हो । Ebay.com, Amazon.comहरुले विश्व बजार हल्लाइरहेका छन् । 

यि कम्पनीहरुले बस्तु तथा सेवा दुवै खरिद गरिरहेका छन् । घरमै बसेर राम्रो तरिकाले विक्रि गरिरहेका ब्यक्तिहरुले अत्यन्तै धेरै कमिसन आम्दानी गरिरहेका छन् । 

John Chow (www.johnchow.com) Canada , Peng Joon (www.pengjoon.com) Malasiya , Michale Force (www.digitalaltitude.com), Tracey Walker (www.traceywalker.com) जस्ता ब्यक्तिहरु विश्वमा चलेको इन्टरनेट मार्केटरको रुपमा चिन्न सकिन्छ । 

अर्को कुरा पछिल्लो समयमा डिजिटल तालिमहरु (Digital Training Services) बिक्रि गर्ने कम्पनीहरु थुप्रै निस्के । सन् २००८ बाट यि खालका कम्पनीहरुले निकै फड्को मारेको पनि देखियो । Empowernetwork.com, mobe.com, aispire.com, nationalwealthcenter.com, ultimatecycler.com, infinitydownline.com हरु चलेको कम्पनीहरु हुन् । जसले आफ्नो सिस्टम क्रेट गरेर विश्वमा रहेका बेरोजगार ब्यक्तिहरुलाई सहज तरिकाले मार्केटरको रुपमा काम दिइरहेका छन् । 

भनेपछि के हो त एफिलेट मार्केटिङ ? यो एउटा इन्टरनेटको प्रयोग गरेर साथै इन्टरनेटबाट उपलब्ध सोसल मिडियाहरुको प्रयोग गरेर मार्केटि गर्ने सिस्टमलाई एफिलेट मार्केटि हो भनेर बुझ्न सकिन्छ । कसरी मार्केटि गर्ने भनेर म तपाईलाई अबको आउने पोष्टमा सिकाउनेछु ।

विगत ४ बर्षयता देखि म आफै पनि अमेरिकी नागरिक Peter Wolfing (www.peterwolfing.com) को कम्पनी Multiplex Systems Inc. USA भन्ने कम्पनीबाट आयोजना

गरेका एफिलेट प्रोगामहरुमा आवद्ध भएर काम गरे । काम गराइ र सिक्ने अवसरमा मैले यहि कम्पनीबाट धेरै फाइदाहरु प््रााप्त गरे ।

ले हालशालै निकालेको प्रोगाम Easy1up.com म आफै पनि संलग्न भएर काम गरिरहेको छु । यो सिस्टमबाट कसरी काम गर्ने, कसरी मार्केटि गर्ने भन्ने विषयमा म आगामी दिनमा अपडेट गर्दै लैजा
नेछु । तपाई हेर्दै यो मार्केटिङ सिस्टममा काम गर्न सक्नुहुनेछ ।

Monday, September 1, 2014

यूवाहरुको उत्प्रेरक श्रोतः सरीता गुरुङ

–अनुज कुलुङ

फेसबुक मेरो एउटा अवसरको माध्यम हो । मलाई त्यस्तो लाग्छ । श्रद्धेय संगीतकार बालान्द राई मलाई भन्नुहुन्थ्यो कि “अनुज कतिपय काम त आजकल मलाई फेसबुक ले नै पो दिएको छ त हौ । भनौ न यसैले पो कहिले काहि मलाई पालेको हो कि जस्तो लाग्छ । प्रयोग गर्न जाने ठुलो प्लेटफर्म छ अनुज ।”

फेसबुकमा जानेर नजानेर जसरी भए पनि मलाई केहि त्यस्ता साथीहरुसंग जोडिदिए । जो संग मेरो मनोभावनाहरु एकिकृत भइदिन्छ । अनि म पुग्छु । ति ब्यक्तिहरुको निकट । र म खुशी हुन्छु । उनीहरुसंग निकटतामा बाधिन पाउदा । त्यस्तै निकटतामा फेसबुकले मलाई जोडिदिएको एक साथी हुन् यूवा बर्गहरुको एक प्रेरणाको श्रोत समाजसेवी सरीता गुरुङ । संभवत फेसबुक नभएको भए मेरो सरीता संग परिचय नहुन्थ्यो होला । भनौ उनीसंग एक त्यस्तो सामिप्यता नबढ्थ्यो होला ।

सरीताको कार्य गतिबिधीहरु म यि फेसबुके हावाको तरंगहरुमार्फत क्षणभरमा नियाल्न पाउथे । मलाई गर्ब लाग्थ्यो । अझ पनि उत्तिकै गर्ब लाग्छ कि सरीताको काम गर्ने शैलीहरु देख्दा । यति कम उमेरमा पनि सरीताले समाज सेवामा सक्रिय भएर दुःख र पीडामा भौतारिरहेका ब्यक्तिहरुको घाउ फुक्नमा उनी निर्धक्क अघि छिन् । सधै ति पीडितहरुको मल्हम बन्न उनी रुचाउछिन् । भनौ न दुःखमा साथ दिने अमुर्त या भनौ मुर्त साथी ।

म बिगत ६ बर्ष यतादेखि पोखरामा बसिरहेको छु । उनको घर पोखरा भइकन पनि काँठमाण्डु शहरमा जानेर नजानेर बस्न बाध्य बनिन् । कामको हिसाबले, पढाइको हिसाबले या अरु धेरै हिसाबले उनी काँठमाण्डुमानै बस्दै आएकी छिन् । पोखरा र काठमाण्डु बीचको २०० कि.मी को यो टाढा रहेको साथीको सम्बन्धलाई फेसबुकले हरबखत नजिक भए पनि हामीलई भौतिक रुपले भेटघाट चाहि चाहेको समयमा हुन सकेन । हिमालयन जाभा ठमेलमा एकपटक भेट गर्ने कुरा भए पनि त्यो मौका मिलिरहेको थिएन । भनौ मेरो आफ्नै ब्यस्तताले अनि उनको पनि । केहि समयअघि उनी पोखरा हुँदै सिक्लेस सम्मको यात्रामा आएको सरीताले फेसबुक वाल पोष्टमा उनले लेखेको थिइन “साथी अनुज । यो पाली म तिमीलाई भेटेरै जानेछु । सके भेट्नु ल ।”

मैले भेट्ने तरखर मिलाए । उनी फोन गर्दा सिक्लेसमा रहेको जानकारी दिए । भोलि फर्किने र त्यहि भेट गरौ भनेपछि मैले भेट्ने समयको तारतम्य मिलाए । र एक बिहान भेटे लेकसाइडको भित्रि एक होटलमा । उनी त्यस्तै हसिलो मुहारले अगाडि प्रकट भइन । उनीसंग त्यस्तै उत्साह देखिन्थ्यो । ताकि म महशुष गर्थे कि यिनीसंग प्रबल रुपमा परिबर्तन गर्न सक्ने त्यस्तो अद्भुत क्षमता छ ।

करिब ९ जनाभन्दा बढि असह्य पीडा बोक्ने पीडितहरुको सहयोगमा नेतृत्व गरेर ति ब्यक्तिहरुको पीडाको बोझ कम गर्न सफल रहेको सरीताको पहिलो सहयोगको माध्यम चाहि त्यहि फेसबुक क्याम्पीन नै हो । “सकरात्मक सोचले नै समाज परिबर्तन गर्न सकिन्छ ।” यो उनको बोलीले मलाई निकै परको नेपथ्यबाट तानिरहेको थियो । उनी नेपाली समाजमा रहेको समस्याहरुको अध्ययन अनुसन्धान गर्न समय समयमा धेरै ठाउँहरु पनि घुम्न रुचाउछिन् ।

जस्तो उनले कर्णालीको केहि भेग उनले घुमिसके । उनी भन्छिन् “अनुज जी । मलाई लाग्छ कर्णालीमा हामीले सोचेजस्तो त्यति साह्रै चाहि मैले दुःख पीडा छ भन्ने मलाई लागेन । भलै त्यो क्षेत्रको अन्य ठाउँहरुमा त्यस्तो होला । तर मलाई चाहि त्यो ठाउँमा त्यस्तो हुनुको कारण भनेको त्यहि बसोबास गर्ने ब्यक्तिहरुको कारणले हो जस्तो लाग्छ ।” उनले त्यहाँ आउने पुरुषहरु अधिकांशले अल्कोहल अनिबार्य प्रयोग गरेको देखे । त्यो देखेर उनलाई असह्य पीडा भो । त्यहाँका महिलाहरुले बच्चा काखमा राखेर तान बुन्ने काम गरिरहेको देखे । ति पुरुषहरु त्यहाँ काम नगरी खाली तास जुवामा सीमित भएको देखेपछि उनलाई लाग्यो कि महिलाहरुको अधिकार के हो ?

उनले त्यहाँ त्यस्तो सम्भावना पनि देखे कि त्यस ठाउँको खेतबारीहरु पुरै बाँझो रहेको र त्यसलाई यदि प्रयोग गर्ने हो भने उत्पादन क्षमता बृहत्तर रहेको पनि जानकारी दिए । “अनि त्यहाँका यूवाहरु, पुरुषहरु काम के गर्छन ?” मेरो प्रश्न त्यतातिर निकै आकर्षित भयो “अनुज जी । त्यहाँका मान्छेहरु काम नभएपछि दिल्ली जाने र काम गर्ने । सकेसम्म केहि पैसा कमाउने पनि । तर कर्णाली फर्किदा एचआइभी लिएर फर्किने रहेछन् ।” उनको आक्रोसता देखेपछि लाग्यो कि हाम्रो नेपाली समाजमा सामाजिक परिबर्तनको चेतना नहुनुको मुख्य कारण यस्तै यस्तै लाग्यो । म स्तब्ध भए त्यो कुरा सुनिराख्दा ।

खासा, चरिकोट, जोमसोम जस्ता दर्जनौ ठाउँहरुमा भ्रमण गरिसकेका उनले विभिन्न ठाउँमा विभिन्न प्रकृतिका समाज देखे । नेपालमा महिलाहरु शिक्षित छन् । तर स्वतन्त्र छैनन् । यो पुरुषप्रधान देशमा पुरुषहरुको बढि हाबी भएको बताउछिन् । शिक्षित महिलाहरुले सोचेजस्तो काम गर्न पाउनमा स्वतन्त्रता पाउदैनन् भने अशिक्षित महिलाहरुको के कुरा गर्नु ? उनको आक्रोशता ब्यापक थियो । महिला अधिकार हाम्रो नेपाली समाजमा अझै पनि फैलिएको छैन । यहि कुरा राख्छिन् सरीता ।

“समाज सेवा गर्छु भनेर लाग्नु बचपनदेखिको इच्छा हो ? कहाँबाट प्रेरणा आयो यो क्षेत्रमा लाग्न” मेरो प्रश्नको जवाफमा उनले भनिन् “म मेरो आमाबाट प्रेरित भएकी हुँ र मेरो प्रेरणाको मुख्य श्रोत भनेको फ्लोरेन्स नाइटिंगेल नै हो । जसलाई म सानैदेखि पढ्ने गर्थे । र उनको त्यो लाल्टिन बालेर गरेको सेवाबाट मैले अझसम्म पनि उत्तिकै प्रेरणा र उत्साह मिलिरहन्छ ।”

आजका यूवा कतातिर जादैछ ? भनेर उनलाई सोध्दा अधिकांश यूवाबर्गहरु अझै पनि आफ्नो लागि आफै गर्न सक्ने बृहत्तर रुपमा बिकास भएको पाउदिनन् । हाम्रा उमेर बर्गका अधिकांश यूवाहरु आफ्नो आमा बुबासंग नै निर्भर रहेको बताउछिन् । देशको राजनीतिक अस्थिरताको प्रभाव हो । जुन प्रभावले नेपालमा हुन सक्ने सम्भावनाहरु पनि अघि बढेको छैन । अर्को कुरा नेपालीहरुसंग त्यो क्षमता छ । जुन क्षमताहरु नेपालमा उपभोग गर्न पाइएको छैन । दुबई, कत्तार, हङकङ सबै नेपालीहरुको श्रमले नै बिकास भएको हो भन्ने कुरामा उनि निःसंकोच आफ्नो कुरा राख्छिन् ।

उनी बिगत केहि हप्ताअघिसम्म एक म्यानपावर कम्पनीमा काम गर्थिन । भर्खरै उनले राजीनाम दिईन । उनले त्यहाँ काम गर्दाको अनुभवमा बताइन कि हाम्रा नेपाली खाडी मुलुकमा जानको लागि एक लाख नखत तिर्न तयार हुन्छ । त्यो जम्मा महिनाको रु.१२००० । तर त्यहि एक लाख नेपालमै खर्च गरेर भैसी तथा अन्य नगदेवाली कृषि क्षेत्रमा खर्च गरेर मेहनत गर्ने हो भने त्यो जतिको कमाई यहि हुन्छ । तर नेपाली त्यसो गर्नमा लाज मान्छन् । सम्भावना कति पनि देख्दैनन् । उनको यस्तै गुनासोले मलाई पनि एकाकार गरिरह्यो ।

निकट केहि समय मा नै उनले अब आफ्नो यो कार्यलाई संस्थागत रुपले अगाडि लैजाने जानकारी दिइन् । अनि मलाई सोध्न पनि भ्याइन कि मैले संस्थागत गर्दा राम्रै होला नि है ?

मैले हुन्छ भने । आफ्नो कार्यलाई अगाडि बढाइरहनु भने । हामी सधै तिम्रो साथमा हुनेछौ भने । अन्त्यमा भनिन् कि यूवा जनशक्तिहरु बिदेश नगइदिए हुन्थ्यो । आफ्नो सीपलाई नेपालमै प्रयोग गरे काइदा हुन्थ्यो नि । उनको सोचाई मेरो सोचाइसंगै सधै एउटै ।

“कफि लिम् न है ?” एकपटक बिदेशी चिसो झोल खाएर शीतलताको अनुभव लिइसकेपछि अर्को पटक फेरी कफि मगाइन । कफिको सुरुप लिदै उनले आफ्नो साहित्यप्रतिको रुचि अत्यन्त रहेको पनि बताइन । उनले आफ्नो डायरी पनि भबिष्यमा प्रकाशित गर्ने सोच बनाएकी छिन् । असलमा उनी राम्री गीत लेख्छिन् । कबिता लेख्छिन् । केहि गीतहरु बजारमा आएको पनि छ ।

“अनुज जी । भोग्न अझै बाकी नै छ । त्यहि भएर डायरी निकाल्ने सहि समय होइन यो मेरो ।” उनी हरेक काम योजनाबद्ध ढंगले गर्छिन । बिगतमा कस्तो थिए, आज कस्तो हुनुपर्छ र भबिष्यमा के हुन्छ यो कुराको निकै ख्याल गर्दै उनी आफ्नो कार्यमा सरीक भइरहन्छिन् । उनको सफल समाजसेवी बन्ने सपनाहरु यसरी नै सफल बन्दै जाओस् । यहि शुभकामना । 
Published 22 asar 2071 in HOTLINE National News