किताब पढ्नु मेरो सौख हो । म कुनैबेला फुर्सदको समय मिल्यो भने किताब पढ्ने गर्दछु । यो नशा चढाउनमा धेरै पढनदासहरुको सँगतले गर्दा लाग्छ ।
एघार क्लास पाँस गरेपछि बाह्रको किताब किन्नुपर्ने थियो । काम सिकिरहेको अवस्थामा कमाउने एक रत्ति प्रयास नै थिएन । अनि त के भो त्यहि मेरो कर्मले मात्र कुलुङगेनी, जन्मले शेर्पेनी काकी फकाई फुल्याई गर्नु मेरो काम बन्यो । जुन ठाँउमा अहिले मुस्लिम नेता फैजन अहमदलाई गोली हानेको ठाउँ घन्टाघर, सुन्धारा घुम्दै घुम्दै गईयो आमा छोरा । बाटोमा एक ठाउँ कर्ण शाक्यको “सोच” भन्ने पुस्तक देखे । म अलिक चंखो र फटाहा मान्छे नै हुँ । मनमनै सोचे शेर्पेनी काकी एक कक्षा पढेको छैन, उहाँलाई कलेजमा कति किताब हुन्छ भनेर के थाहाँ । ‘अन्तरे मौका यहि हो’ त्यहाँ फुटपात किताब पसलको केहि छेउ पुगेपछि बार्तालाप सुरु भयो आमा छोराको ।
“काकी ऊँ त्यो किताब हो बाह्रको” कर्ण शाक्यको “सोच” किताब तिर हातको ईशारा देखाउदै ।
“ ए तेसो भा किन्ना ता ......” काकीको बोली ठेट शेर्पा
मनमा खुसी हुँदै पसलेको ठिटोलाई किताब झिक्न लगाए अनि काकीलाई पैसा तिर्न लगाएर बाटोबाटोमै किताब पढ्दै हिडे । एउटा बुढो म एक मेसोमा किताब पढ्दै हिडिराख्दा । “गुड भाई तिमीजस्तो मान्छे मैले आज मात्र देखे जो बाटोबाटो नै कर्ण शाक्यको बुक पढ्दै हिडेको” । म पनि नाक यत्रोलामो बनाउदै हिस्स पहेलो दाँत देखाउछु अनि बाटो लाग्छु । अलि पर पुगेपछि साथीले फेरी माईक्रोसफ्टदेखि बाहुनडाँडासम्म भन्ने किताब देख्छ । फेरी माछा पासोमा परिहाल्छ । क्याराम्तानि अब आफुसँग पैसा नभएपछि खियाउन परेन दिमाग काकीले त्यो पनि पैसा तिरेर किनीदिनुभयो । मनमनै सोचे हे राम ! कलेजको किताब भने एउटा किनेको छैन । बाह्रको बाह्रमै अड्केला भन्ने डर भयो । सोच्दै जादा भो कान्छा आजलाई यतिकैमा तेरो खेती बन्द गर । अनि बल्ल त्यो के जाति एकाउन्ट, इकोनोमिक, बिजनेज म्याथ, कम्पलसरी इङलीस, नेपाली किताबहरु किनीयो । बिचरा शेर्पेनी काकी त्यो हिमालको सेरकाम जस्तै पैसाको ओईरो लागेर तर्सिसक्नुभएको थियो ।
त्यहाँदेखि मैले राम्ररी किताब पढेको माईक्रोसफ्टदेखि बाहुनडाडा हो । यो किताबबाट म ज्यादै प्रभावित भए । ताकि यसबाट मैले धेरै कुराहरु थाहा भयो । एउटा कहाँ माईक्रोसफ्ट कम्पनि जस्तो बिश्वचर्चित कम्पनिको कर्मचारी नेपालको लमजुङमा आएर त्यहाँ केटाकेटीहरुलाई किताबको ब्यवस्था मिलाईदिनु सपना नै हो जस्तो महशुष भयो । म त्यतिकै किताबमा डुबुल्की मार्न विबश भए । किताब पढ्नु फिल्म हेर्नु भन्दा पनि धेरै नजिक को चिज रहेछ । त्यतिकै फिल्म त के आफै पात्र भएर डायलग मारेको जस्तो अनुभब हुन्छ । नशा चढ्यो छोरालाई त्यहाँदेखि अनि त्यसपछि सोच पनि पढे । यि दुई किताबले मलाई किताब पढ्न बानी मात्र बसालेन कि काम गर्नु नै उत्तम हो । अल्छेहरुको लागि संसारमा कुनै ठाउँ नै छैन । हामी पनि जोन उड जतिकै काम गर्नु र नेपालको शिक्षा बृद्धिदर बढाउन यि धेरै कुराहरुमा चेतना खुल्यो भातमारालाई ।
ईलम बढ्दै गयो । भनौदा अनलाईन टिचर पनि भईयो । तनाखा पनि पाँच छ हजार राम्रै मिल्दै गयो । फुई नै बढि तोर्पेको । कलेजमा पढ्ने साथीहरुले पनि यो तोर्पेले त जागिर पनि पाएछ नि । अनलाईन जागिर रे त्यो पनि बाफ्रे । म केहि बोल्दिन नाक ठुलो बनाएर बस्छु । मनमनै सोच्दै जान्छु म नै त हो नि क्लासमा ठुलो । कसले गर्छ मैले जस्तो काम । हुँदा हुँदा कान्छाले आफ्नै कम्प्युटर पढाउने टिचरसँग समेत तुलना गर्न छाडेन । र मनमनै त्यो लम्फु टिचरको आँखामा हेर्दै भन्छ । “तिमी के मलाई पढाउछौ म तिमीले भन्दा खतरा कम्प्युटर कोर्स पढाउछु ।”
त्यसपछि मैले अरुहरु किताबहरु पनि किन्दै गए । ईलमीले गर्दा नै मलाई समयले पोखरामा हुत्याईदियो । ओहोहोहो .....पोखराको त्यो फराकिलो बाटो । अनि त्यहाँको बोलीहरु । अनि त्यहाँकोे बाताबरण म जम्मा यो ठाउँमा तिन महिना मात्र रहन्छु । क्या दामी छ यो परिवेश । छोराले ठुलो टाउकोमा जिब्रोवाला टोपी लाछ, अनि सर्टमा कालो पाईन्ट, आहाहाहा । मेरो काठमाँण्डुमा साथीको आमाले भन्थ्यो । हेर कान्छा त्यता गएर धेरै पौडि नखेल्नु फेवातालमा, थकालेनीहरुसँग माया नगास्नु, केके केके सुझाब दिदै थिई । फेवातालमा त डुँगा पो चढिन्छ त ? कहाँ पौडि खेलिन्छ । बुडीमाउ त्यतिकै कराउँछ किच किच किच ...। अहिले आएर बुझ्दा त त्यो भनाईको अर्थ नै बेग्लै । कान्छा तिमी त्यति पनि बुझ्दैनौ ।
अनि मैले पोखरामा पहिले भन्दा केहि पैसा पनि कमाए । कमाउनु मात्र ठुलो कुरा होईन रहेछ यो संसारमा बचाउनु पनि ठुलो कुरा रहेछ । मैले कमाएको पैसा प्राय किताबमै खर्च हुन्थ्यो । दैनिक कान्तिपुर, नागरिक पत्रिकाहरु किन्नु, नेपाल, हिमाल खबर पत्रिकाहरु पनि किन्नु अनि मन परेका साहित्यकार, लेखकहरुको किताब किन्दा नै धेरै पैसा खर्च हुन्थ्यो । पोखरा आएपछि मैले पढेको पुस्तक नारायण बाग्लेको पल्पसा क्याफे, सञ्जीब उप्रतीको घनचक्कर, खगेन्द्र संग्रौलाको सम्झनाको कुईनेटाहरु, जगदिष घिमिरेको अन्तर्मनको कुरा, सलिना थापाको पर्दाफास, कृष्ण अबिरलको रक्तकुण्ड, सरुभक्तको पागलबस्ति, कर्ण शाक्यको खोज, म सक्छु, दीपक पराजुलीको राज्यको अन्त्य होस् आदि २ ३ दर्जन किताबहरु अध्ययन गरेर थुपार्न भ्याए । महशुष गर्दै गए । जति किताबहरु पढ्दै गईयो केहि न केहि लेख्न मन पनि लाग्दो रहेछ । मैले ब्यबसायिक किताबहरु पनि धेरै पढे जसले मेरो रोटी किनेर पेट भर्न सहयोग गरेको छ । ताकि मलाई पालेको छ ।
मैले शिव खेडाको तपाईको जीत, दिलिप कुमारको नेटवर्क मार्केटिङको किताबहरु, स्वेट मार्डनको प्याराबल अफ द पाईपलाईन, ड्रिम बिज डट कम, एलन पिजको सवाल नै जवाफ हो आदि धेरै किताबहरु अध्ययन गर्न पाए यो सुन्दर नगरीमा ।
हाल आएर म निकै नै ब्यस्त भए । दिनालु काम थपिएको छ । ब्यबहारिक चिन्ता पनि उतिकै छ । फेरी यो बेला कलकलाउदो बैश पनि उतिकै बढेको बढेकै भएकोले कस्तो कस्तो काण्डको चिन्ता पनि छ । अनि फेरी भोलीको लागि के गर्ने भन्दै योजना पनि उतिकै बनाउन जरुरी पनि छ । त्यसले गर्दा किताब पढ्ने फुर्सद नै छैन । राती अबेर कुनैबेला एक बजेसम्म पनि अध्ययनमा समय बित्छ । भर्खर मात्र मैले डा.प्रदिपमान तुलाचनको आस भन्ने किताब पढेर भ्याए । यो पुस्तकले मलाई बंगुर पालन गर्नुपर्ने प्रेरणा मिल्यो केहि बर्षमै मैले बंगुर पालन गर्नेछु । अनि खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लयमा भन्ने पनि भ्याईयो । अहिले बुद्धिसागरको कर्णाली ब्लुज भन्ने पढ्ने मेसो गर्दैैछु ।
राती बिहान गरेर पुस्तक पढेर मनलाई शान्तरुप दिने मेरो धोको साह्रै छ । तपाई पनि पुस्तक पढ्ने बानी बसाल्नुभयो भने धेरै नै लाभ मिल्नेछ ।

No comments:
Post a Comment