Sunday, February 19, 2012

दुरा बाबुसँग त्यो साढे दुई घण्टा ......


अचेल म समयको खुब ख्याल गर्ने भएको छु । सायद मलाई पीर थपिएर पनि होला । आफ्नो कमाई खाने थलोको पीर, यता अवसर गुम्ला कि भन्ने पीर, एता बिजनेशमा कतै तलमाथि भयो कि भन्ने पीर, कुनै ब्यक्तिले केहि आरोप लगाईहाल्ला कि भन्ने पीर । यी पीरहरुले म थिचिएको छु । बग्दै गएको छालहरुमा बर्सिएको छु ।
टेक दुरा । उपनाम दुरा बाबु । यी नाम साहित्यफाँटतिर पनि संलग्न भएको कारणले राख्नुभयो जस्तो लाग्छ । बाबु बढि गजल लेख्न मन पराउनुहुन्छ । उमेरले तिन दशक पार गर्ने बेला भईसकेको छ । बढि भाबुक ब्यक्ति हुनुहुन्छ । उहाँसँग बसेर कुरा गर्दा छुट्टै आनन्द आउछ । बसिरहु जस्तो, सुनिरहु जस्तो, टोलाईरहु जस्तो । उहाँको कुरा गराई, शैली एकदम मिठो लाग्छ । निकै गम्भीर तरिकाले सामान्य शब्दको प्रयोग गरी आफ्नो बाक्य टुंग्याउनुहुन्छ ।
एक दिन मैले बाबुसमक्ष एउटा प्रस्ताब राखे । मैले सिधै भने कि “दुरा सर चाईना जाने एकदम राम्रो अवसर छ । जाने हैन ?” उहाँले त्यो प्रस्ताव सहर्ष स्विकार्नुभयो । मेरो पार्ट टाईम बिजनेशमा उहाँ पनि सहकार्य गरेर अगाडि बढ्ने प्रयाश गरिरहनुभएको छ । त्यहि बिजनेश भेटघाटकै शिलशिलामा एक दिन उहाँ मेरो कोठामा आउनुभयो । गोरो बर्णको अनुहार, कपाल निकै पातलो, सोलिडको तालु, मिठो मुस्कानको साथमा उहाँ आउनुभयो । बीचमा तातो चियाको सुर्किसँगै बिजनेशको कुरा नभई साहित्य र सँगीत तिरको कुरामा गन्थन ग¥यौ । उहाँ साहित्य सँगीत म पनि उतिकै क्रेजी । मैले भने “केहि नयाँ गजलहरु छैन ?” उहाँले भर्खरै निकै राम्रा गजलहरु लेख्ने प्रयाश गरेको कुरा गर्नुभयो । केहि गजलका सेरहरु पनि सुनाउनु भयो । ति गजलहरु निकै राम्रा थिए र भाबहरु निकै गजबले बुझिन सकिन्थ्यो ।
एकपटक गजल रचना गर्दै जादा बाबु हतोत्साहित भएको कुरा पनि सुनाउनुभयो । गजल लेख्दै जादा प्राय काफिया गजलकारहरुले एउटै प्रयोग गर्ने भएकोले आफुले नयाँपन दिन नसकेको कुरा समेत गर्नुभयो । तर पछिल्लो पटक उहाँले रदिफमा केहि नयाँ प्रयोग ल्याएको कारणले उहाँ गजलमा पुनः सरिक भएको कुरा मलाई सुनाउनुभयो । गजलमा शब्दको भारी भन्दा पनि भाब अत्याधिक देखा पर्नुपर्छ । अन्त्यानुप्राश शब्द मिलाउने क्रममा गजलको भाब मेटिएर जाने र गजल साच्चै वास्तबिक गजलजस्तो नरहने कुरा समेत गर्नुभयो । उहाँ अहिले राम्रा गजलहरु रचना गर्ने तरखरमा हुनुहुन्छ । राम्रो, सामान्य शब्दहरुको खाजी गरिरहेको र अध्ययनलाई निकै नै समय पनि दिएको कुरा उहाँले सुनाउनुभयो ।
उहाँले मलाई एउटा यस्तो प्रेरणा पनि दिनुभयो कि त्यसले गर्दा म आफ्नो लक्ष्यप्रति निकै अगाडि बढ्न उत्प्ररित भएको छु । उहाँले भन्नुभयो “मान्छे एउटा निश्चित लक्ष्य लिएर अगाडि बढिरहेको हुन्छ । मानौ बि.स. २०२० सालतिर म फर्किएर तपाईलाई एउटा उदाहरण दिन्छु । म पोखरामा छु । मेरो लक्ष्य हिडेर काठमाँण्डु जाने भन्ने छ । त्यहाँ कुनै सवारी साधनहरु छैनन् । म मात्र हिड्दै गईरहेको छु । म निरन्तर हिडिरहे भने ३० दिनमा म काठमाँण्डु पुगिसक्ने छु र मैले आफ्नो लक्ष्य पुरा गर्नेछु । यदि म हिड्न छोडे भने सायद बीचैमा बिलिन पनि हुन सक्छु ।” यो भनाईले मलाई साच्चिकै एउटा नयाँ उत्प्रेरक धार दिएजस्तो लाग्छ । मान्छे साच्चिकै हिड्न पर्छ । त्यो पनि निरन्तर आफ्नो लक्ष्यमा पुग्नको लागि हरेक दिन हिडिराख्नुपर्छ । एउटै गतिमा एउटै चालमा । एक दिन त्यो लक्ष्यमा पुगिन्छ । यदि त्यो गति र चाल हामीले छोड्यौ भने न त हामीले आफ्नो लक्ष्य पुरा गरेर सफलता हासिल गर्छौ न त आफ्नो जीबनको राम्रो कर्म नै गर्न सक्छौ । हामी भीखारी बन्छौ भीखारी ।
मेरो ब्लगको पाठकहरु ! म शब्दको माला उन्न आउदैन । तैपनि बाबुले भन्न खोजेको तात्पर्यता कतिको बुझ्नुभयो । पक्कै बुझ्नुहुन्छ नै भन्ने आशा गरेको छु ।
त्यसपछिको समयमा मैले अन्त्यानुप्राशको बिषयमा धेरै कुराहरु सिक्न मौका पाए । मेरो केहि सँगीतहरु पनि उहाँलाई सुनाए । उहाँले भित्रि मनदेखि नै हौसला दिनुभयो । म नाक फुल्याउदै फुर्किदै थिए ।
रमाईलो कुरा उहाँले आफ्नो तालुमा हाम्रो कम्पनिको प्रोडक्टमार्फत ट्रिटमेन्ट गरेर कपाल उमार्ने एउटा लक्ष्य लिनुभएको छ । आशा छ कि उहाँको त्यो लक्ष्य निरन्तर ट्रिटमेन्टको बाबजुद चाँडै पुरा होस् र बिजनेशको प्रमोटिङ पनि होस् । म आशावादी छु ।

4 comments:

J. F. M. M. said...

Hi
I am an amateur photographer and public blogs. The site where he had closed and now I'm redoing. The photo of my people is:
http://zorita01.blogspot.com/
Those of my travels in Spain and abroad want to start redo and put a link on this blog.
Greetings from Spain.

Anuz kulung said...

Thnaks for sharing your blog MR. Amateur.

tour in nepal said...

तपाईंको लेखने शैली दामी छ ।

Anuz kulung said...

Thnkyou so much