Monday, April 4, 2011

पोखरा हटलाइन भन्ने पत्रिकामा अर्को लेख

आजकल ब्लग भर्ने काम पनि गर्छुभन्दा भन्दै खोई बत्ति नभएर होकि अल्छि लागेर हो भ्याउनै मुस्किल छ । आफ्ना साथमा क्यामेराहरु पनि केहि छैन मन लागेको तस्बिर पनि खिच्न पाइएको छैन ।
मैले दौतरी, अर्चना र आरतिको ब्लग कहिले पनि छुटाउदिन । किनकी यसमा मैले पढ्ने खालको पोष्टहरु हुन्छ । अर्चनाको ब्लग अपडेट नगरीएको धेरै भएछ । त्यहि पुरानोहरु रिभिउ गरेर हेर्छु ।
काम पनि केहि छैन आजकल त । टिम बढाउन सकिएको छैन । एस एल सि सकियो । केहि नयाँ काम सुरु गरुम कि भन्दैछु । एक दुई महिनामा केहि कमाउन सके बसि बसि खान पुग्ला नि । अस्तिको पाली मेरो लेखको प्रतिक्रियाहरु पनि खासै केहि पनि आएन । खोई कसैलाई इच्छा नभएर हो कि के हो । दोश्रो चोटी पोखरा हटलाइन भन्ने पत्रिकामा अर्को लेख पनि दिएको थिए । आयो की आएन थाहा छैन ।
दिलिप कुमार श्रेष्ठको नेटवर्किङ मार्केटिङको उत्प्रेरणा अनि संवाद भन्ने पुस्तक पढिसके । अर्को नेटवर्किङ मार्केटिङमा सफलता भन्ने आधा पढिसकेको छु ।
मेरो टिमको सर्भे नभएर यहाँ चिन्तित छु । अपलाइन हुन्छ भन्छ खोइ कहिले हुन्छ थाहा छैन । ....

No comments: