Thursday, June 23, 2011

मेलिना चाम्लिङको साँगीतिक परिचय र भबिष्य



अनुज कुलुङ
ब्यतिmको इच्छा र चाहनाहरु असिमित हुन्छ । महत्वकांक्षी सपनाहरु अधिकांशले बोकिरहेका हुन्छन् । त्यहि महत्वकांक्षी सपनाहरु पुरा गर्न ति ब्यतिmहरु प्रत्येक दिन मेहनत एबम साधना गरिरहेका हुन्छन् । ताकि जसले जे जति मेहनत गर्छन् उसको भबिष्यमा एउटा गम्भिर मोड लिएको देखिन्छ । सहि तरिकाले जसले मेहनत गर्छ उसको भबिष्य सुनिश्चित भएर नै जान्छ । आज म यो कुरालाई जोड्दै छु, जुन ब्यतिm एउटा सफल गायिका बन्ने सपना बोकीरहेकी बेजोड गायन प्रतिभाको धनि मेलिना चाम्लिङ राईको कुरालाई प्रस्तुत गर्ने जमर्को गरेको छु ।
नेपालको मोरङ आफ्नो पुर्खौली घर भएपनि, २०४८ सालमा दार्जिलिङको कर्साङमा जन्मेकी मेलिना पारिवारिक बाताबरणबाट नै सँगीतको माहोलमा रम्दै आएकी छिन् । उनले सँगीत के हो यो उनको लागि एउटा शौभाग्यको कुरा हो । आफुलाई भाग्यमा भन्दा कर्ममा बिश्वास गर्ने स्वभाबको मेलिनाले सँगीतको साधनामा हरेक दिन लिप्त हुन्छिन् । यहि साधनाले गर्दा नै २०६५ सालमा रेडियो नेपालले आयोजन गरेको आधुनिक गीत प्रतियोगीतामा प्रथम भएकी थिईन । एउटा हौशलाको गोरेटो त्यहाँबाट सुरु भएको ठान्छिन् । त्यो प्रतियोगीतामा भाग लिन कसरी सम्भब भयो भनेर प्रश्न गर्दा उनि भन्छिन “ हरेक बर्ष नारायण गोपालको स्मृति दिवसको उपलक्क्ष्यमा साँगीतिक कार्यक्रम हुन्छ त्यो बर्ष मैले पनि भाग लिएर तिमीलाई म के भनु भन्ने गीत प्रस्तुत गरे । नारायण गोपालको ति गीत गाएर सुनाउदा त्यहाँ थुप्रै प्रशंशकहरु पाए ती मध्ये बरिष्ठ गीतकार डा.किरात पनि एक हुनुहुन्थ्यो । भाग्यबश रेडियो नेपालको कार्यक्रम पनि त्यहि बेला परेकोले मलाई उहाँले त्यस प्रतियोगीतासम्म जाने बाटो मिलाईदिनुभयो ।”
रेडियो नेपालको त्यो उपाधि पाएपछि उनले धेरै ठाउँ, स्टेजहरुमा गीतहरु प्रस्तुत गर्ने मौका पायो । करिब ४० वटासम्म उनले आवाज पनि भरिसकेको उनको भनाई छ । बुबा नै एउटा सँगीतकार भएको हिसाबले होला उनि सानो उमेरमा त्यति धेरै सँगीत क्षेत्रमा प्रगति गरेको सहजै देख्न सक्छौ ।
नेपाली लोक बिशेष गरि पुर्बेलि लोक गीत, आधुनिक, शाष्त्रिय, पप सबै किसीमको गीतहरु गाउन रुचाउने मेलिना आफुलाई भर्सटायल गायिका बन्न मन पराउछिन । मौका र अवसरहरु आए अवश्य त्यस किसीमको गीतहरुमा स्वर दिने उनको भनाई छ । आफुलाई नेपाली सँगीतमा सफल भबिष्य बनाउनु नै ठुलो लक्ष्य रहेको बताएकी छिन् ।
काठमाँडोको जोरपाटीमा बसोबास रहेको हाल उनि मानबिकी संकाय बिषय लिएर ब्याचलरमा आफ्नो पढाई गर्दै छिन । उनि एउटा गायन क्षेत्रमा मात्र नभएर अतिरिक्त कला पनि उनमा छ त्यो हो नृत्य । नृत्य उनले आफु मात्र गर्ने कहाँ हो र स्कुलमा सिकाउछिन् । बहुमुखि प्रतिभाको धनि मेलिना धेरैको प्रशंशाले फुरुङग छिन् ।
बर्तमान समयमा नेपाली सँगीतको अवस्थाको बारेमा बुझ्न खोज्दा उनले नेपाली सँगीतमा सुगम सँगीतको बिकाश निकै गजबले माथि उक्लेको महशुष भएको छ भनेर उनले तर्कपुर्ण जवाफ दिन्छिन् । उनि भन्छिन् “नेपाली सँगीतको क्षेत्र निकै राम्रो दखिन्छ यसको साथमा प्रतिष्प्रधा पनि अति नै धेरै छ । प्रतिष्प्रधामा आफु सहभागी हुनलाई सानोतिनो साधनाले आफु अगाडि बढ्न सकिदैन । निकै नै कठोर तपष्या नै गर्नुपर्छ अनि बल्ल केहि हुन्छ ।”
उनको पहिलो रेकर्डिङ गीत हिमालको काखमा छ भन्ने गीत थियो । यो गीत बलराम कोईरालाले रचना गरेका थिए भने आफ्नै बुबा दिनेश चाम्लिङ राईको सँगीतमा यो गीत सँगीतबद्ध गरेका थिए । उनको यो गीत रेडियो नेपालबाट प्रशारण हुदा निकै हर्ष रहेको उनले बताईन । फुर्सदको समयमा इन्टरनेट चलाएर मनोरञ्जन लिने उनको बानी छ । बढिजसो रुपमा फेसबुक प्रयोग गर्छिन अनि आफ्ना फ्रयानहरुसँग च्याट गर्दै समय बिताउछन् ।
तुलनात्मक रुपले हेर्ने हो भने नेपालमा महिला गायिकाको एकदम कमि रहेको उनको ठम्याई छ । यसको मुख्य कारण महिलाहरु आफ्नो प्रतिभा हुदा हुदै उनिहरुले राम्रो प्लाटफर्म नपाएको उनले बताउछिन् । महिलाहरु आफुलाई दाश्रो दर्जाको रुपमा लिने भएर पनि उनिहरु यस्तो क्षेत्रमा पछि परेका बताउछिन् ।
उनलाई सबैभन्दा मनपर्ने गायक शम्भु राई, उदय सोताङ, नरेन्द्र प्यासी हुन् । भबिष्यमा यि श्रष्टाहरुले निकालेका कालजयि गीतहरुलाई संरक्षण गर्ने उनको प्रण हो । हामीलाई पनि आशा छ मेलिनाजस्तो धेरै प्रतिभाहरु नेपालमा गुमनाम छ । प्रबिधिको उच्च बिकाशसँगै नेपाली सँगीतमा केहि असरसँगै बिकाश पनि त्यहि प्रबिधिले ल्याएको छ । अहिलेको प्रबिधि इन्टरनेटको बढ्दो बिकाश छ । अब मानिसले सिआबिटि, पिआरबिटिमार्फत मात्र होइन । इन्टरनेटमार्फत बिश्वभरि नै गीतसँगीतको कारोबार पनि गर्न सकिने भएकोले नेपाली सँगीतको भबिष्य उतिकै सकरात्मक देखिन्छ । हामी सबैको शुभकामना मेलिना चाम्लिङको सांगितिक भबिष्य फलिफाप होस् ।

Friday, June 3, 2011

सँगीतको दिदी बहिनी मेलिना यानिकी अन्जुली राई........

म सायद १० हो कि ११ कक्षा पढ्दै थिए । गणेश उच्च माध्यमिक बुढानिलकण्ठमा मेरो औपचारिक अध्ययन भएको थियो । मैले एक दिन एउटा पत्रिका खोई त्यो कुन पत्रिका थियो याद नै भएन । त्यहाँ रेडियो नेपालको आधुनिक गायनमा प्रथम भएकी मेलीना चाम्लिङ थिईन । मैले त्यो पढेर आफैलाई केहि लज्जित बनाए जस्तो लाग्यो । आफुमा एउटा गाउने चाहना हुदा हुदै पनि गाउने शैली नभएपछि के लाग्छ र पढ्दै गए बुबा पनि सँगीतको भारी ज्ञान बोके सँगीतको क्षेत्रमा लाग्नुभएको रहेछ । अनि लाग्यो मेरो पनि बाताबरण त्यस्तै मिलेको भए ....तर के गर्नु मिल्नु त पल्लोछेउ अभिभाबकको माया पाउनु नै छुट्टै गाह्रो हुन्थ्यो ।

मैले अठोटहरु उति खेर नै गरेको थिए । कुनै दिन समय मिलेछ भने मेलिनासँगै गीत रेकर्डहरु गर्छु भनेर तर त्यो उतिखेर एउटा अठोट मात्र थियो ।
२०६८ साल जेठ १५ गते मेरो लागि केहि नबिर्सने क्षण बित्यो किनकी तयो दिन मैले मेलिनालाई भेट्ने मौका मिलेको थियो । त्यो कार्यक्रममा जान छुट्टै मेरो रहष्य थियो तर अचानक उनिसँग पनि भेट गर्ने मौका मिल्यो । स्टेजमा जब रेडियो नेपालमा २०६5 प्रथम मेलिना चाम्लिङ भन्ने शब्द जब गुन्जियो तब मेरो त्यो २ बर्षअगाडिको पेपरको कुराहरु संझे । पहिलो पटक पत्रिकामा, दोश्रो पटक नेपाल टेलिभिजनको स्क्रििनमा तेश्रो पटक त आखैअगाडि देख्नमात्र होइन, कुरा गर्नसम्म पो मौका मिल्यो । त्यति मात्र होईन उनिसँग बसेर फोटोसमेत खिच्न मौका मिल्यो । म अलि धेरै नै बोल्ने भएर हो कि केहि पनि अप्ठ्यारो महशुष भएन । म यति चकित भए कि २ बर्षमा नै धेरै परिबर्तन भईसकिछ मेलिना त । शारिरिक रुपले, बौद्धिक रुपले के के ले ।
कार्यक्रम सकेपछि पनि हाम्रो सम्पर्क फोनमार्फत अनि फेसबुक मार्फत भईरहयो अहिले पनि छ । उनि मलाई एकदम सरल लाग्यो । भाबुक पनि कतिपय बोलिहरुमा पाए । मानसिक रुपमा पनि उनि बिस्तारै बिकाश हुदै गईरहेको छ । उनले मलाई एउटा दाई भनेर सम्बोधन गर्दा मेरो सान यति धेरै बढ्छ कि न त त्यो शब्दले मात्र भन्न सकिन्छ न त के ले नै । त्यसका चाइने सँगीतमा यति छोटो समयमा नै त्यति धेरै मेहनत र नाम कमाईसकेका पारखिले एउटा साधारण मान्छेलाई दाई भन्नु मलाई कता कता अप्ठ्यारो लाग्यो । म त वास्तबमा उमेरले त दाई नै हो तर सँगीतमा ओहोहोहो.......सँगीतमा त २ दशक ताकि २० बर्षले म त भाई नै छु । जे भए पनि अर्को कुरा पनि यहाँ जोड्दैछु । उनको उपनाम भन्ने कि के हो कुन्नि अन्जुली राई रहेछ मेरो पनि खाँस नाम त थोरैलाई मात्र थाहाँ छ अहिले त प्रायले अनुज कुलुङले चिन्दै छ ।
अन्जुलिसँग फेसबुकमा एउटा बचन काटीसकेको छु । मेरो गीत पनि गाईदिनु पर्छ है भनेर ......त्यो गीतको केहि अंश यहाँ छ ।

अतितमा संझेर ल्याउदै, भेट्न पाए आज
नियालेर आखाँको नानीमा, देख्न पाए आज
अतितमा...........चाँडै आउदैछ........