Thursday, June 23, 2011

मेलिना चाम्लिङको साँगीतिक परिचय र भबिष्य



अनुज कुलुङ
ब्यतिmको इच्छा र चाहनाहरु असिमित हुन्छ । महत्वकांक्षी सपनाहरु अधिकांशले बोकिरहेका हुन्छन् । त्यहि महत्वकांक्षी सपनाहरु पुरा गर्न ति ब्यतिmहरु प्रत्येक दिन मेहनत एबम साधना गरिरहेका हुन्छन् । ताकि जसले जे जति मेहनत गर्छन् उसको भबिष्यमा एउटा गम्भिर मोड लिएको देखिन्छ । सहि तरिकाले जसले मेहनत गर्छ उसको भबिष्य सुनिश्चित भएर नै जान्छ । आज म यो कुरालाई जोड्दै छु, जुन ब्यतिm एउटा सफल गायिका बन्ने सपना बोकीरहेकी बेजोड गायन प्रतिभाको धनि मेलिना चाम्लिङ राईको कुरालाई प्रस्तुत गर्ने जमर्को गरेको छु ।
नेपालको मोरङ आफ्नो पुर्खौली घर भएपनि, २०४८ सालमा दार्जिलिङको कर्साङमा जन्मेकी मेलिना पारिवारिक बाताबरणबाट नै सँगीतको माहोलमा रम्दै आएकी छिन् । उनले सँगीत के हो यो उनको लागि एउटा शौभाग्यको कुरा हो । आफुलाई भाग्यमा भन्दा कर्ममा बिश्वास गर्ने स्वभाबको मेलिनाले सँगीतको साधनामा हरेक दिन लिप्त हुन्छिन् । यहि साधनाले गर्दा नै २०६५ सालमा रेडियो नेपालले आयोजन गरेको आधुनिक गीत प्रतियोगीतामा प्रथम भएकी थिईन । एउटा हौशलाको गोरेटो त्यहाँबाट सुरु भएको ठान्छिन् । त्यो प्रतियोगीतामा भाग लिन कसरी सम्भब भयो भनेर प्रश्न गर्दा उनि भन्छिन “ हरेक बर्ष नारायण गोपालको स्मृति दिवसको उपलक्क्ष्यमा साँगीतिक कार्यक्रम हुन्छ त्यो बर्ष मैले पनि भाग लिएर तिमीलाई म के भनु भन्ने गीत प्रस्तुत गरे । नारायण गोपालको ति गीत गाएर सुनाउदा त्यहाँ थुप्रै प्रशंशकहरु पाए ती मध्ये बरिष्ठ गीतकार डा.किरात पनि एक हुनुहुन्थ्यो । भाग्यबश रेडियो नेपालको कार्यक्रम पनि त्यहि बेला परेकोले मलाई उहाँले त्यस प्रतियोगीतासम्म जाने बाटो मिलाईदिनुभयो ।”
रेडियो नेपालको त्यो उपाधि पाएपछि उनले धेरै ठाउँ, स्टेजहरुमा गीतहरु प्रस्तुत गर्ने मौका पायो । करिब ४० वटासम्म उनले आवाज पनि भरिसकेको उनको भनाई छ । बुबा नै एउटा सँगीतकार भएको हिसाबले होला उनि सानो उमेरमा त्यति धेरै सँगीत क्षेत्रमा प्रगति गरेको सहजै देख्न सक्छौ ।
नेपाली लोक बिशेष गरि पुर्बेलि लोक गीत, आधुनिक, शाष्त्रिय, पप सबै किसीमको गीतहरु गाउन रुचाउने मेलिना आफुलाई भर्सटायल गायिका बन्न मन पराउछिन । मौका र अवसरहरु आए अवश्य त्यस किसीमको गीतहरुमा स्वर दिने उनको भनाई छ । आफुलाई नेपाली सँगीतमा सफल भबिष्य बनाउनु नै ठुलो लक्ष्य रहेको बताएकी छिन् ।
काठमाँडोको जोरपाटीमा बसोबास रहेको हाल उनि मानबिकी संकाय बिषय लिएर ब्याचलरमा आफ्नो पढाई गर्दै छिन । उनि एउटा गायन क्षेत्रमा मात्र नभएर अतिरिक्त कला पनि उनमा छ त्यो हो नृत्य । नृत्य उनले आफु मात्र गर्ने कहाँ हो र स्कुलमा सिकाउछिन् । बहुमुखि प्रतिभाको धनि मेलिना धेरैको प्रशंशाले फुरुङग छिन् ।
बर्तमान समयमा नेपाली सँगीतको अवस्थाको बारेमा बुझ्न खोज्दा उनले नेपाली सँगीतमा सुगम सँगीतको बिकाश निकै गजबले माथि उक्लेको महशुष भएको छ भनेर उनले तर्कपुर्ण जवाफ दिन्छिन् । उनि भन्छिन् “नेपाली सँगीतको क्षेत्र निकै राम्रो दखिन्छ यसको साथमा प्रतिष्प्रधा पनि अति नै धेरै छ । प्रतिष्प्रधामा आफु सहभागी हुनलाई सानोतिनो साधनाले आफु अगाडि बढ्न सकिदैन । निकै नै कठोर तपष्या नै गर्नुपर्छ अनि बल्ल केहि हुन्छ ।”
उनको पहिलो रेकर्डिङ गीत हिमालको काखमा छ भन्ने गीत थियो । यो गीत बलराम कोईरालाले रचना गरेका थिए भने आफ्नै बुबा दिनेश चाम्लिङ राईको सँगीतमा यो गीत सँगीतबद्ध गरेका थिए । उनको यो गीत रेडियो नेपालबाट प्रशारण हुदा निकै हर्ष रहेको उनले बताईन । फुर्सदको समयमा इन्टरनेट चलाएर मनोरञ्जन लिने उनको बानी छ । बढिजसो रुपमा फेसबुक प्रयोग गर्छिन अनि आफ्ना फ्रयानहरुसँग च्याट गर्दै समय बिताउछन् ।
तुलनात्मक रुपले हेर्ने हो भने नेपालमा महिला गायिकाको एकदम कमि रहेको उनको ठम्याई छ । यसको मुख्य कारण महिलाहरु आफ्नो प्रतिभा हुदा हुदै उनिहरुले राम्रो प्लाटफर्म नपाएको उनले बताउछिन् । महिलाहरु आफुलाई दाश्रो दर्जाको रुपमा लिने भएर पनि उनिहरु यस्तो क्षेत्रमा पछि परेका बताउछिन् ।
उनलाई सबैभन्दा मनपर्ने गायक शम्भु राई, उदय सोताङ, नरेन्द्र प्यासी हुन् । भबिष्यमा यि श्रष्टाहरुले निकालेका कालजयि गीतहरुलाई संरक्षण गर्ने उनको प्रण हो । हामीलाई पनि आशा छ मेलिनाजस्तो धेरै प्रतिभाहरु नेपालमा गुमनाम छ । प्रबिधिको उच्च बिकाशसँगै नेपाली सँगीतमा केहि असरसँगै बिकाश पनि त्यहि प्रबिधिले ल्याएको छ । अहिलेको प्रबिधि इन्टरनेटको बढ्दो बिकाश छ । अब मानिसले सिआबिटि, पिआरबिटिमार्फत मात्र होइन । इन्टरनेटमार्फत बिश्वभरि नै गीतसँगीतको कारोबार पनि गर्न सकिने भएकोले नेपाली सँगीतको भबिष्य उतिकै सकरात्मक देखिन्छ । हामी सबैको शुभकामना मेलिना चाम्लिङको सांगितिक भबिष्य फलिफाप होस् ।

No comments: