–अनुज कुलुङ
ब्यवसायीक संगीतमा रुमल्लिरहेका नेपाली सांगीतिक पृष्ठभुमिमा हदै कम सुन्नै पर्ने सांगीतिक कृतिहरु बजारमा आउछन् । एकतिर सांगीतिक अवस्था खस्किदो छ भने अर्कोतिर अस्वस्थ्य प्रतिष्प्रधा । बर्तमान समयमा देश मात्र रेमिट्यान्सले धानिरहेको छ । यसै गरी नेपाली संगीत पनि रेमिट्यान्सले नै चलिरहेको छ भन्दा फरक पर्दैन । बिदेशको स्टेज कार्यक्रमहरुले चल्तीका कलाकारहरु बाँचेका छन् । भनौ भबिष्य बनेको छ । एल्बम तयार गर्ने निर्माताहरु पनि अधिकांश बिदेशमै छन् । बिदेशमा बसेर कमाएको पैसाले निर्माताहरु स्वदेशको संगीतकारहरुलाई काम दिने, गायकहरुलाई काम दिने, संगीत संयोजकलाई काम दिएर नेपाली संगीत उद्योगमा ठुलो गुण लगाएका छन् ।
नेपाली संगीत उद्योगमा गजलहरु निकै छाइरहेका छन् । ब्यवसायीक रुपमा गजल लेख्नेहरु पनि अधिक छन् । गजल एल्बम गर्नेहरुको लहड पनि उत्तिकै चलेको छ । पछिल्लो समय मुज्रा र कब्बाली शैलीको प्रभाव नेपालमा छाएपछि गजल गाउनेहरुको होडबाजी नै चल्यो । तर शैलीहरु एकैखाले मात्र भए । संगीतमा पनि उस्तै शैली । गायनमा पनि उस्तै । यसको अर्थ भाषा नेपाली भए पनि नेपालीपनको धुन फिक्का लाग्ने नेपाली संगीतबद्ध गजलहरुको लहडमा पृथक नेपाली लोकशैलीको संगीतबद्ध गजल एल्बम “गह” बजारमा आइसकेको छ ।
“गह” एल्बमको नाम नै पृथक छ । गहुं्रगो अर्थ बोकेको सरल शब्दले नाम दिएका यि एल्बम ४ श्रष्टाहरुको साझा नाम पनि हो । बुद्धि मोक्तान, प्रेम कौशल, अज्ञात पाल्पाली र आनन्द भट्टराईले श्रृजना गर्नुभएका गजलहरुमा नेपालीपनको धुन दिने संगीतकार बालान्द राई निकै मेहनतपुर्बक यो एल्बमलाई न्यायपुर्बक शब्दहरुमा संगीत दिएर स्तरीय बनाएका छन् । यसको अर्थ नेपाली स्वर्णिम संगीतको दोश्रो बेग्लै कालखण्ड पनि सुरुवात भएको आभाष कहिले काहि हामीले बालान्द राईको संगीतमा पाउँछौ । यानिकी बालान्द राई नेपाली लोकगीत क्षेत्रबाट बिस्तारै शास्त्रीय संगीतको ज्ञानलाई आत्मसात गरेर नेपाली सुगम संगीतलाई लोक र शास्त्रीयको सम्मिश्रण गरी नयाँ पृथक धार कोर्न बिगत २५ बर्षदेखि साधनामा लिप्त छन् । बिस्तारै “गह”, “रित्तो याद” जस्ता एल्बमहरुमा उक्त धारको गीतहरु सुन्न पाउँछौ । तर ब्यवसायीक संगीतले आजकल केहि हदसम्म ओझेलमा परेका छन् राईका संगीतबद्ध गीत ।
“गह” नेपाली समाजको समग्र वेदनाहरु हुन् । पिडाका अनुभुतिहरु हुन् । जीबनका गीतहरु हुन् । जहाँ घरदेशमा हुने प्रियसीहरुले आफ्नो परदेशमा रहेको प्रियतमलाई संझीएको र आफ्नो बेदना पोखाएको शब्दहरु छन् । बुद्धि मोक्तान यतिसम्म कल्पनाको उच्चतम बिन्दुमा पुगेर यथार्थको धरातलमा झरि यस्तो गजल लेख्न सफल भए ।
पियारा नहुँदा, ढलेन रात यो
सिद्धिदै प्रहर चलेन रात यो
बिमला राईको आवाजमा सजिएको यो गजल जोसुकै श्रोताले सुन्दा पनि साधारण तरिकाले टपक्क टिप्न सक्छन् । त्यतिको सहज संगीतले पनि बनाइदिएको पृथक शैलीको गजल छ । “गह” मा प्रेममा धोकापछिको आवेगहरु पनि उत्तिकै भेटिन्छ । अज्ञात पाल्पालीले ति सच्चा प्रेममा धोका पाएपछिका भावलाई नेतृत्व यसरी पस्किदिए ।
सर्पलाई दुध खुवाई पाले जस्तै भयो माया
बेबारिसे लास भनी, फाले जस्तै भयो माया
गायिका सन्ध्या राईले यो आवेगलाई न्याय गर्दै गाउन सक्षम भएकी देखिन्छ ।
“तिमी हासेर बाच्यौ”, “तिमीले त भुल्यौ होला” जस्ता कालजयी गीतहरुमा आवाज दिएकी गायिका सन्ध्या राईले यो गजलमा पनि उत्तिकै गायन प्रस्तुति दिए । यहि गजललाई आजका लोकप्रिय गायक स्वरुपराज आचार्यले पनि स्वर दिए ।
जीबनमा सुखको खोजी गर्दै जादा सुख नभेटिने तर दुख भने यत्रतत्र रहिरहने धु्रबसत्य कुराहरु यस गजलमा सुन्न पाइन्छ । संसारमा अजम्बरी कोहि छैन । जन्मेपछि मृत्यु सत्य छ । चाहेर पनि मान्छे सधै बाचिरहन सक्दैन यो दुनियाँमा । यस्तो सत्यकुरा गजलमा उतार्न सफल प्रेम कौशलको चेतनालाई मान्नै पर्छ । रदिफ र काफियामा यसरी मिलाए कौशलले यि कुरालाई ।
अजम्बरी को नै छ र, मरी जाने चोला रै छ
जीवन मृत्यु संगै संगै, बगी जाने खोला रै छ
पीडा लुकाइ हाँस्छु अनि, सधैँ बाँचू भन्दा भन्दै
जिन्दगीको अन्तिम यात्रा, चढी जाने सोला रै छ
गायक सत्यराज आचार्यको मधुर स्वरमा यो गजल निकै मिठासपुर्बक गाइदिएको पाइन्छ ।
नेपाली गजल गायनमा रोज्नै पर्ने एक गायक हो उदय सोताङ । भन्ने नै हो भने यो गजल एल्बममा सोताङ परिवार नै संयागले सहभागी छन् । खुशीको कुरा । हराएको आफ्नो प्रेमीकालाई हरेक ठाउँमा खोज्ने प्रयाश गरिरहेको अज्ञात पाल्पालीको गजल लेखन अचम्मको देखिन्छ । जहाँ उनले प्रेमीकालाई शहरमा, बगरमा, लहरमा, रहरमा अनि अन्तिममा केहि नलागेपछि जहरमा समेत खोज्न पुग्छन् । तर त्यति हुँदा पनि प्रमिका पाउछ भन्ने अनुभुति चाहि गजलले दिएको छैन।
अलि अलि बाँकी अब, विष मात्रै रह्यो
खाई हेर्छु एक फेर, जहरमा छौ कि ?
आनन्द भट्टराईको एक गजल प्रेम र एक्लोपनको शुन्यताले भरिएको बिषयबस्तुसंग सम्बन्धित गजल छ । जुन आफैमा साधारण भाव र शब्द भएपनि उत्कृष्ट देखिन्छन् ।
कति पैयु फुलि झरे, कति अझै फुलि राछन्
मेरो फुलको के कुरा भो, यहाँ कुनै पात छैन
जुन गजललाई उत्कृष्ट आवाज दिएकी छिन् गायिका मनिला सोताङले ।
यस्तै गरी गायक राज सिग्देल, उदय मनिलाकी जेठी सुपुत्री आजका पप संगीतका सम्भावनामुखि उत्कृष्ट गायिका श्रेया सोताङ पनि यस एल्बमको गायन तर्फबाट सहभागी छिन् । श्रेयाको बहुमुखि गायन कला यो एल्बमबाट प्राप्त गर्न सकिन्छ । कतिपयको लागि श्रेया श्रोताको लागि यो गीतबाट सरप्राइज नै हुन्छ भन्न सकिन्न ।
सबै गीतहरु लोक संगीतबाट प्रभावीत छन् । नेपालीपन अत्यन्तै झल्किन्छ । नेपाली गजल क्षेत्रमा बिरलै यस्ता संगीतहरु सुन्न पाइन्छ ।
नेपाली गीत, संगीत र गजलको उन्नतीको निम्ति टेवा पु¥याउन प्रयाश गरेका ४ गजल सर्जकहरुको लागि यो निकै ठुलो खुराक हो । गजल लेखन साधनामा साधनारत ब्यक्ति, गजल गायनमा लागेका कलाकार, संगीतकारहरुको लागि यो एल्बम संग्रहनिय योग्य छ ।
यो गजल लेखन, संगीत र गायनमा जति उत्कृष्ट छ । पर्दापछाडिका पात्रहरुको पनि उत्तिकै मेहनत छ । संगीत संयोजक सुयोग सोताङले राम्रो काम गरेको देखिन्छ । निकै पछिल्लो पुस्ताका सम्भावना बोकेको संगीत संयोजक हुन् सुयोग ।
अमुर्तबोधी दार्शनिक, लेखक तथा रंग कलाकार खगेन्द्र लिम्बुको कभर डिजाइनको चित्रले श्रोताको मन निकै खिच्न लायकको चित्र छ ।
हरेक नयाँ र राम्रा श्रृजनाहरु बाहिर निक्लदा त्यसका सीमाहरु पनि संगै आइरहेको हुन्छ । त्यो जुनसुकैै श्रष्टाहरुमा पाइन्छ । जहाँ की अपवाद कहि हुन्न । यस कृतिमा पनि नदेखिने सीमाहरु ब्याप्त छन् । लेखनका हिसाबले, गायनका हिसाबले, संगीत तथा संगीत संयोजनका हिसाबले । तर पनि आजका यो समयमा यतिको गजल एल्बम श्रोताहरुले पाउनु भनेको अत्यन्तै खुशीको कुरा हो । नेपाली संगीतलाई वास्तविक न्याय र उत्कृष्ट गजल नेपाली लयमा सुन्नको लागि छुटाउनै नहुने गजल हो “गह” । सम्पुर्ण “गह” टिमलाई हार्दिक बधाई तथा पुनः सफलताको शुभकामना ।