Thursday, February 23, 2012

अल्छे म


Justify Fullकिताब मसँग धेरै नै छ । पढ्ने समय भने सोचेजस्तो निकाल्न सकेको छुईन । वास्तबमा म किताब पढ्छु भनेर नै किन्ने गर्छु तर किनेको २० प्रतिशत किताब पढ्न सकेको छैन । यो मेरो लागि साह्रै खल्लो कुरा हो ।
मेरो अटोमेटिकल नराम्रो बानी पैदा हुन थालेको छ । म पहिला अलि धेरै नै पुस्तकको अध्ययन गर्ने गर्थे । अहिले अलिक अलछे स्वभाब पैदा हुदै गईराखेको छ । खै अहिले त किताबको पानामा अक्षरहरु नियाल्दै जादा त्यति कै जिउ पनि बादो हुँदै गएको जस्तो लाग्छ । हाई काढिदै आउछ । निन्द्र लाग्दै आउछ । कतै उमेरले त होइन ?

शंकर लामिछानेको “एब्स्ट्रयाक्ट चिन्तनः प्याज” अध्ययन गरेर सकाए । तर अर्थ भने कति पनि छिचोल्न सकिन । मदन पुरस्कार प्राप्त किताब पनि हो । भाषा पनि सरल नै छ । यो भन्दा पहिला पनि निबन्ध संग्रह नपढेको होईन । पढेकै हो तर त्यो मणि दाजुलाई चिठी शिर्षकको निबन्ध बाहेक अरु शिर्षकको निबन्धहरुको भाब चाहि मैले बुझ्न सकिन । मैले अधिकांश सबै तरिकाको पुस्तक अध्ययन गर्ने रहर छ ।

शिव खेडाको “जित तपाईको” रोबर्ट कियोसाकिको “धनि बुबा र गरीब बुबा”, वर्क हेजसको “प्याराबल अफ दि पाइपलाइन” साहित्यतर्फ जगदिष घिमिरेको “अन्तर्मनको यात्रा”, खगेन्द्र संग्रौलाको “सम्झनाको कुईनेटाहरु” पछिल्लो कृति “आफ्नै आँखाको लय”, संजीब उप्रतीको “घनचक्कर” पहिल्लो कृति “सिद्धान्तको कुरा” आदि धेरै पुस्तकहरुको अध्ययन यो भन्दा अगाडि गरेको थिए । तर आज करिब चार महिनाको ग्यापपछि मैले एउटा सानो कृति पनि पढ्न साह्र धौ धौ प¥यो । अझै पनि पढ्न बाकी धेरै पुस्तकहरु लाइबेरीमै सजिरहेका छन् ।

जीबन जति सजिलो तरिकाले सोच्न खोज्यो । उति साँगुरिदै भाग्न खोज्दा रहेछ, अप्ठ्यारो बाटोमा । त्यहि अप्ठ्यारोको बाटोमा यात्रा गर्दा गर्दै एता अध्ययनको बानी हट्दै गइजाने त पत्तो नै पाउन गाह्रो । मान्छेलाई जति भए पनि सन्तुष्टि नहुने रहेछ । म हिजो जस्तो अवस्थामा थिए, त्यो बेला पनि मुस्किलको आभाष नै हुन्थ्यो, अहिले केहि परिबर्तन त जीबनमा भएको छ र पनि मुस्किलको आभाष भने हटेको छैन त्यस्तै छ ।

आफ्नो मुल्यांक गर्दै जादा अहिले म धेरै गिरिसके जस्तो लाग्छ । राम्रो बानी भन्दा पनि नराम्रो बानीको तिब्र बिकाश हुदै गएको हो कि जस्तो भान आफैलाई हुँदै गए जस्तो लाग्छ । अल्छे भएको छु । लरबरिएर हिड्ने मनस्थिति भएको छ । थुक्क म....।
२०६८ फागुन ११

Sunday, February 19, 2012

दुरा बाबुसँग त्यो साढे दुई घण्टा ......


अचेल म समयको खुब ख्याल गर्ने भएको छु । सायद मलाई पीर थपिएर पनि होला । आफ्नो कमाई खाने थलोको पीर, यता अवसर गुम्ला कि भन्ने पीर, एता बिजनेशमा कतै तलमाथि भयो कि भन्ने पीर, कुनै ब्यक्तिले केहि आरोप लगाईहाल्ला कि भन्ने पीर । यी पीरहरुले म थिचिएको छु । बग्दै गएको छालहरुमा बर्सिएको छु ।
टेक दुरा । उपनाम दुरा बाबु । यी नाम साहित्यफाँटतिर पनि संलग्न भएको कारणले राख्नुभयो जस्तो लाग्छ । बाबु बढि गजल लेख्न मन पराउनुहुन्छ । उमेरले तिन दशक पार गर्ने बेला भईसकेको छ । बढि भाबुक ब्यक्ति हुनुहुन्छ । उहाँसँग बसेर कुरा गर्दा छुट्टै आनन्द आउछ । बसिरहु जस्तो, सुनिरहु जस्तो, टोलाईरहु जस्तो । उहाँको कुरा गराई, शैली एकदम मिठो लाग्छ । निकै गम्भीर तरिकाले सामान्य शब्दको प्रयोग गरी आफ्नो बाक्य टुंग्याउनुहुन्छ ।
एक दिन मैले बाबुसमक्ष एउटा प्रस्ताब राखे । मैले सिधै भने कि “दुरा सर चाईना जाने एकदम राम्रो अवसर छ । जाने हैन ?” उहाँले त्यो प्रस्ताव सहर्ष स्विकार्नुभयो । मेरो पार्ट टाईम बिजनेशमा उहाँ पनि सहकार्य गरेर अगाडि बढ्ने प्रयाश गरिरहनुभएको छ । त्यहि बिजनेश भेटघाटकै शिलशिलामा एक दिन उहाँ मेरो कोठामा आउनुभयो । गोरो बर्णको अनुहार, कपाल निकै पातलो, सोलिडको तालु, मिठो मुस्कानको साथमा उहाँ आउनुभयो । बीचमा तातो चियाको सुर्किसँगै बिजनेशको कुरा नभई साहित्य र सँगीत तिरको कुरामा गन्थन ग¥यौ । उहाँ साहित्य सँगीत म पनि उतिकै क्रेजी । मैले भने “केहि नयाँ गजलहरु छैन ?” उहाँले भर्खरै निकै राम्रा गजलहरु लेख्ने प्रयाश गरेको कुरा गर्नुभयो । केहि गजलका सेरहरु पनि सुनाउनु भयो । ति गजलहरु निकै राम्रा थिए र भाबहरु निकै गजबले बुझिन सकिन्थ्यो ।
एकपटक गजल रचना गर्दै जादा बाबु हतोत्साहित भएको कुरा पनि सुनाउनुभयो । गजल लेख्दै जादा प्राय काफिया गजलकारहरुले एउटै प्रयोग गर्ने भएकोले आफुले नयाँपन दिन नसकेको कुरा समेत गर्नुभयो । तर पछिल्लो पटक उहाँले रदिफमा केहि नयाँ प्रयोग ल्याएको कारणले उहाँ गजलमा पुनः सरिक भएको कुरा मलाई सुनाउनुभयो । गजलमा शब्दको भारी भन्दा पनि भाब अत्याधिक देखा पर्नुपर्छ । अन्त्यानुप्राश शब्द मिलाउने क्रममा गजलको भाब मेटिएर जाने र गजल साच्चै वास्तबिक गजलजस्तो नरहने कुरा समेत गर्नुभयो । उहाँ अहिले राम्रा गजलहरु रचना गर्ने तरखरमा हुनुहुन्छ । राम्रो, सामान्य शब्दहरुको खाजी गरिरहेको र अध्ययनलाई निकै नै समय पनि दिएको कुरा उहाँले सुनाउनुभयो ।
उहाँले मलाई एउटा यस्तो प्रेरणा पनि दिनुभयो कि त्यसले गर्दा म आफ्नो लक्ष्यप्रति निकै अगाडि बढ्न उत्प्ररित भएको छु । उहाँले भन्नुभयो “मान्छे एउटा निश्चित लक्ष्य लिएर अगाडि बढिरहेको हुन्छ । मानौ बि.स. २०२० सालतिर म फर्किएर तपाईलाई एउटा उदाहरण दिन्छु । म पोखरामा छु । मेरो लक्ष्य हिडेर काठमाँण्डु जाने भन्ने छ । त्यहाँ कुनै सवारी साधनहरु छैनन् । म मात्र हिड्दै गईरहेको छु । म निरन्तर हिडिरहे भने ३० दिनमा म काठमाँण्डु पुगिसक्ने छु र मैले आफ्नो लक्ष्य पुरा गर्नेछु । यदि म हिड्न छोडे भने सायद बीचैमा बिलिन पनि हुन सक्छु ।” यो भनाईले मलाई साच्चिकै एउटा नयाँ उत्प्रेरक धार दिएजस्तो लाग्छ । मान्छे साच्चिकै हिड्न पर्छ । त्यो पनि निरन्तर आफ्नो लक्ष्यमा पुग्नको लागि हरेक दिन हिडिराख्नुपर्छ । एउटै गतिमा एउटै चालमा । एक दिन त्यो लक्ष्यमा पुगिन्छ । यदि त्यो गति र चाल हामीले छोड्यौ भने न त हामीले आफ्नो लक्ष्य पुरा गरेर सफलता हासिल गर्छौ न त आफ्नो जीबनको राम्रो कर्म नै गर्न सक्छौ । हामी भीखारी बन्छौ भीखारी ।
मेरो ब्लगको पाठकहरु ! म शब्दको माला उन्न आउदैन । तैपनि बाबुले भन्न खोजेको तात्पर्यता कतिको बुझ्नुभयो । पक्कै बुझ्नुहुन्छ नै भन्ने आशा गरेको छु ।
त्यसपछिको समयमा मैले अन्त्यानुप्राशको बिषयमा धेरै कुराहरु सिक्न मौका पाए । मेरो केहि सँगीतहरु पनि उहाँलाई सुनाए । उहाँले भित्रि मनदेखि नै हौसला दिनुभयो । म नाक फुल्याउदै फुर्किदै थिए ।
रमाईलो कुरा उहाँले आफ्नो तालुमा हाम्रो कम्पनिको प्रोडक्टमार्फत ट्रिटमेन्ट गरेर कपाल उमार्ने एउटा लक्ष्य लिनुभएको छ । आशा छ कि उहाँको त्यो लक्ष्य निरन्तर ट्रिटमेन्टको बाबजुद चाँडै पुरा होस् र बिजनेशको प्रमोटिङ पनि होस् । म आशावादी छु ।