किताब मसँग धेरै नै छ । पढ्ने समय भने सोचेजस्तो निकाल्न सकेको छुईन । वास्तबमा म किताब पढ्छु भनेर नै किन्ने गर्छु तर किनेको २० प्रतिशत किताब पढ्न सकेको छैन । यो मेरो लागि साह्रै खल्लो कुरा हो ।मेरो अटोमेटिकल नराम्रो बानी पैदा हुन थालेको छ । म पहिला अलि धेरै नै पुस्तकको अध्ययन गर्ने गर्थे । अहिले अलिक अलछे स्वभाब पैदा हुदै गईराखेको छ । खै अहिले त किताबको पानामा अक्षरहरु नियाल्दै जादा त्यति कै जिउ पनि बादो हुँदै गएको जस्तो लाग्छ । हाई काढिदै आउछ । निन्द्र लाग्दै आउछ । कतै उमेरले त होइन ?
शंकर लामिछानेको “एब्स्ट्रयाक्ट चिन्तनः प्याज” अध्ययन गरेर सकाए । तर अर्थ भने कति पनि छिचोल्न सकिन । मदन पुरस्कार प्राप्त किताब पनि हो । भाषा पनि सरल नै छ । यो भन्दा पहिला पनि निबन्ध संग्रह नपढेको होईन । पढेकै हो तर त्यो मणि दाजुलाई चिठी शिर्षकको निबन्ध बाहेक अरु शिर्षकको निबन्धहरुको भाब चाहि मैले बुझ्न सकिन । मैले अधिकांश सबै तरिकाको पुस्तक अध्ययन गर्ने रहर छ ।
शिव खेडाको “जित तपाईको” रोबर्ट कियोसाकिको “धनि बुबा र गरीब बुबा”, वर्क हेजसको “प्याराबल अफ दि पाइपलाइन” साहित्यतर्फ जगदिष घिमिरेको “अन्तर्मनको यात्रा”, खगेन्द्र संग्रौलाको “सम्झनाको कुईनेटाहरु” पछिल्लो कृति “आफ्नै आँखाको लय”, संजीब उप्रतीको “घनचक्कर” पहिल्लो कृति “सिद्धान्तको कुरा” आदि धेरै पुस्तकहरुको अध्ययन यो भन्दा अगाडि गरेको थिए । तर आज करिब चार महिनाको ग्यापपछि मैले एउटा सानो कृति पनि पढ्न साह्र धौ धौ प¥यो । अझै पनि पढ्न बाकी धेरै पुस्तकहरु लाइबेरीमै सजिरहेका छन् ।
जीबन जति सजिलो तरिकाले सोच्न खोज्यो । उति साँगुरिदै भाग्न खोज्दा रहेछ, अप्ठ्यारो बाटोमा । त्यहि अप्ठ्यारोको बाटोमा यात्रा गर्दा गर्दै एता अध्ययनको बानी हट्दै गइजाने त पत्तो नै पाउन गाह्रो । मान्छेलाई जति भए पनि सन्तुष्टि नहुने रहेछ । म हिजो जस्तो अवस्थामा थिए, त्यो बेला पनि मुस्किलको आभाष नै हुन्थ्यो, अहिले केहि परिबर्तन त जीबनमा भएको छ र पनि मुस्किलको आभाष भने हटेको छैन त्यस्तै छ ।
आफ्नो मुल्यांक गर्दै जादा अहिले म धेरै गिरिसके जस्तो लाग्छ । राम्रो बानी भन्दा पनि नराम्रो बानीको तिब्र बिकाश हुदै गएको हो कि जस्तो भान आफैलाई हुँदै गए जस्तो लाग्छ । अल्छे भएको छु । लरबरिएर हिड्ने मनस्थिति भएको छ । थुक्क म....।
२०६८ फागुन ११
