Saturday, August 25, 2012

एकदिन सेवासमाजमा र कबि सरस्वति प्रतिक्षासँग





कुनै दिन यस्तो पनि बित्दा रहेछन् । त्यो देख्दा नदेखिने तर अत्यन्त उपलब्धिमुलक । मानिसको एक दिन कसरी बित्छ । कसैको सुतेर, कसैको गफगाफमै, कसैको घुमेर, कसैको टेलिभिजन हेरेर, कसैको आफ्नो ड्युटीमा खटेर । हो त्यहि एक दिनमै मानिसको जिन्दगी अडेको छ । त्यहि एक दिनमै मान्छेले केहि सिक्न पाउने । त्यहि एक दिनमै मान्छेले आफ्नो जिबनको उज्जवल भबिष्यको रेखा कोर्ने । त्यहि एक दिनमै मान्छेले संसारबाट बिदा गर्नुपर्ने । म पनि त्यहि एकदिनमै हरेक थोक गर्न मन लाग्छ । रमाईलो, रोदन, गफगाफ अनि अरु धेरै धेरै ।
सायद मान्छेले मरी लानु त के छ र । जीबनमा मान्छेले पैसा त कमाउनु छ दै छ । तर त्यो भन्दा पनि बढि चिनाजानी इष्टमित्र कमाउनु सबैभन्दा ठुलो कुरा रहेछ । समाजमा हामी बसेको मान्छे, समाजको एक ब्यक्ति, एक बिद्यार्थी, एक बृद्ध, एक बुद्धिजीवि आखिर जेसुकै भए नि हामी समाजमा रहेर समाजलाई पनि हेर्नु पर्छ । समाजलाई हेर्नु भन्नुको अर्थ हामी आफैलाई हेरिनु हो । यसको पर्दापछाडि धेरै मान्छेहरु अबुझ अर्थात बुझ्न सकिरहेका छैनन् । ताकि समाजलाई मैले हेरेर के हुन्छ मलाई ? के फाइदा छ ? मैले किन हेर्ने समाजलाई ? यो बकम्फुसे प्रश्नहरुले उनलाई बारिरहेका हुन्छ । अनि तिनले आफुले आफैलाई नै अवहेलना गरेको महशुष बिस्तारै हुदै जान्छ र अन्तिममा आफै पश्चातापको भुमरीमा रुमल्लिन जान्छ । अनि बल्ल भन्छ “अहो ! मैले त समाजलाई हेर्नु पर्ने थिएछ ।”
मैले यो कुरा अहिले कलिलै उमेरमै बुझ्ने अवसर पाए र अहिले म मेरो समाजको लागि केहि समय छुटाएर भए पनि बुझ्ने प्रयत्न गर्छु । आफ्नो गक्ष, क्षमताले पुगिञ्जेल त्यसमा तत्परताका साथ आफ्नो भुमिका निर्वाह गर्छु । आफ्नो लगाब त्यसमा दिन्छु । पुर्बाञ्चल सेवा समाज पोखरामा नित्तान्त स्थापना भएको गैरसरकारी सामाजिक संस्था हो । कुनै पनि राजनीतिक रंगहरुले ओतप्रोत नभएको यो संस्थाले पुर्बको मान्छेहरुको बसोबासी पश्चिम पोखरामा रहेको नेपालीहरुलाई एकत्रित बनाई एकआपसमा सहयोग र सद्भावको सञ्जाल बनाईदिने संस्था हो ।
जसले कुनै पनि ब्यक्ति मर्दा वा पर्दा चाँडै भन्दा चाँडै एकजुट भएर समाधान गर्न सकियोस् भन्ने हेतुले यो संस्था २०५४ सालमा स्थापना भएको संस्था हो । यसले धेरै कार्यक्रमहरु आयोजना गरेर सम्पन्न भईसकेको पनि तथ्यांकहरु छ । जो आज मैले १२ साधारण सभाको कार्यक्रममा गएर उपस्थित हुने मौका पाए । एउटा सँगीतप्रेमीको बहाना बनाएर मलाई पनि त्यो कार्यक्रममा उपस्थित हुने मौका दिनुभयो । त्यो भन्दा पनि महत्वपुर्ण कुरा के रह्यो भने म एउटा पुर्ण रुपमा पुर्वेली भएको कारणले पनि त्यो कार्यक्रममा बिशेष मेरो उपस्थित जरुरी थियो । म गए । उहाँहरुको निम्तोबमोजिम गीत पनि गाए । एउटा हौसला त्यहाँबाट पनि प्राप्त भयो । साहै्र हर्षित भए । कार्य क्रम अवधीभर मैले संस्थाको बार्षिक कार्ययोजनाहरु सुने । अत्यन्त गम्भीरतापुर्बक त्यो कुराहरु सुनिराख्दा धेरै कुराहरु सिक्ने मौका पाए ।
एउटा संस्था त हरेक ब्यक्ति, परिवार, संस्था चल्न आर्थिक रुपले सबल र सक्षम हुनपर्छ । त्यो कुराहरु हुनको लागि एकजुट हुन जरुरी पर्छ । संस्था एक जनाले मात्र चल्न मुस्किल हुन्छ । सबैले साथ दिनुपर्छ । सबैले आफुले सकेको आर्थिक सहयोग, भौतिक सहयोग, नैतिक सहयोग, बौद्धिक सहयोग दिन जरुरी छ । अनि बल्ल एउटा गतिलो संस्थाको बिकास र समाजको हितकार्य काम सम्पन्न हुन्छ । यो कुराहरु मैले त्यहाँबाट थाहा पाए ।
मानबअधिकारकर्मी चरण प्रसाईको उपस्थितीले त्यो कार्यक्रम साह्रै राम्रो भयो ।
समाजको लागि मुखले मात्र हुन्छ भनेर हुन्न । ब्यबहारमा उतार्न पनि जरुरी छ । यो कुरा बर्तमान अध्यक्ष दीपेन्द्र राईले बोलेको कुराले मलाई निकै प्रभाव प¥यो । हुन पनि हो, समाजको लागि मान्छेहरु हुन्छ त भनिटोपल्छ तर समयको ब्यवस्थापन भने कति पनि गर्न सकिरहेका छैनन् । उनीहरु बहानामै सीमित रहन्छ । त्यसैले समाजको लागि सकरात्मक सोच राखेर नित्तान्त अगाडि बढी समाजको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अति नै जरुरी छ जस्तो मलाई आभाष भयो ।
म त्यो कार्यक्रमको अन्त्यसम्म बसे । बेलुकी ५ बज्न लागेको थियो । म आफ्नो रुमतिर फर्किए । गाडि चढे । आफु बस्ने नजिक ओर्लिए । मनमा झट्ट एउटा कुराको याद आयो । आज शनिबार कबि सरस्वती प्रतिक्षाको एकल कबिता बाचन । सरस्वती प्रतिक्षाको कबिता मलाई औधी मन पर्ने कबिता हो । पछिल्लो पुस्ताको नारीहरुको जमातमा मात्र नभई नेपालको साहित्यमा एउटा सशक्त कबि सरस्वती प्रतिक्षाको म एकदम फ्यान थिए । उहाँले मलाई त चिन्नुहुन्न होला तर म उहाँलाई करिब २ बर्ष एतादेखि राम्रोसँग चिन्छु । उहाँ पोखराको साहित्यिक संस्थाहरुसँग पनि एकदम नजिक भएर साहित्य क्षेत्रमा नै आफ्नो स्टाटस बढाईराख्नुभएको छ । अखबारहरुमा उहाँको कबिता पढ्न पाइन्छ । सायद उहाँको कर्म दिने बुबा साहित्यकार सरुभक्तको पनि प्रभाव परेकोले होला । निकै गतिलो कबिताहरुको श्रृजना उहाँबाट पाउछु ।
नारीसम्बन्धि कबिता, प्रेमसम्बन्धि कबिता, अस्तित्वसम्बन्धि कबिता, देशभक्तिसम्बन्धि कबिताजस्ता उहाँले रचना गर्नुभएको छ ।
कबिताको अर्थ नबुझे पनि त्यो कबिताबाचन कार्यक्रममा उहाँको कबिता सुन्दा एउटा दृष्य नै छुट्टै देखिन्थ्यो । करिब सबै सीट फुल भईसकेकोले उभिएर कबिता सुने । २४ वटा कबिता बाचन उहाँले गर्नुभएको थियो । १९ वटा कबिता सुनाउदा सम्म म उभिरहेको थिए । किनकी उहाँको कबितामा एउटा आनन्द, एउटा प्रश्न सोधाई, एउटा आक्रोश, एउटा चिन्ता, एउटा भाब, एउटा सुझाबहरुको लहर थिए । त्यसले गर्दा म उभिएर नै त्यति लामो समयसम्म टिक्न सके ।
त्यहाबाट बाचन गर्ने शैली पनि साह्रै राम्रो लाग्यो । पहिलो कुरा त मिठो बोलीले मात्र केहि हुन्न रहेछ । बोल्न सक्ने खुबी पनि चाहिदो रहेछ । त्यसलाई साहित्य रसमा भाषा मिलाएर भन्नलाई अति नै कठिन काम जस्तो लाग्यो मलाई । सरस्वति दिदिले बोल्ने हरेक शब्द मलाई अति नै मन प¥यो । कबिता बाचन गर्दाखेरी शब्द उच्चारण गर्नुपर्ने धेरै कुराहरु हुँदारहेछन् । त्यो पनि मलाई मन प¥यो ।
नेपालमा नै पहिलो पटक नारीले कबिता बाचन गरेको पहिलो हो कि जस्तो लाग्यो मलाई । पोखरेली सास्कृतिक परिवारले यो भन्दा पहिला कबि सरुभक्तको पनि यसरी नै टिकटमा कबिता बाचन कार्यक्रम सम्पन्न गरेको थियो । नारीहरु पनि कमजोर हुदैन भन्ने भावना उहाँको कबितामार्फत सबै नारीलाई जागरुक बनाउन सक्ने खुबी सरस्वति प्रतिक्षाकोमा देखे ।
हुन त म जस्तो लेख्न नजान्ने, कबिताको भाव बुझ्न नजान्ने मान्छेले उहाँको बयान बखान गर्नु औचित्यबिनाको काम हो जस्तो लाग्छ मलाई । म एउटा उहाँको ग्रेट फ्यान भएकोले मेरो भावना पोखेको मात्र हुँ । बस् यति ।
२०६९ साल भाद्र ९ गते शनिबार
पन्थिगल्ली पोखरा
रुमबाट ।