Sunday, December 25, 2011

धेरै पछि तपाईको साथमा....

समय को अर्थ मैले अझै केलाउन सकेको छैन । यसको न मैले ब्याख्या गर्न सक्छु, न त रोक्न नै । आजकलको यो बेफुर्सदि समयलाई हेर्दा म आफै नै चकित छु । दुई शब्द आफ्नो मनको कुरा लेख्न पनि सकिएन साथै ब्लगमा यसो भर्न पनि गाह्रो भयो । त्यहिमाथि मेरो इन्टरनेटको समस्या पनि उत्तिकै भयो म केहि गर्न सकिन ।
खै के लेखौ ? लेख्नुपर्ने धेरै छ । कुन लखौ म आफैलाई थाहा छैन । आजकल अफिसको ब्यस्तता उत्तिकै छ । जिआईटीमा कामहरु लस्कर लाग्दै आएको छ । समस्या, भ्रम, खुसी, दुःखी, साथ, आदि धेरै कुराहरु अफिसमा भईराखेको छ । म न आत्तिएको छु न मातिएको छु । म मात्र काम गरिरहेको छु । मलाई थाहा छ काम गर्दा दुःख हुन्छ । त्यसैले म ब्यस्त छु ।
गएको दुई दिन अगाडि (पौष ७ २०६८) जिआईटीमा यस्तो घटना भयो कि मेरो कम्पनिको इतिहासमा यो एउटा अबिष्मरणिय घटना थियो । खोई के भन्ने म यसको बेलिबिस्तार नै लाउन सक्दिन । करिब २०० जनाको हाराहारीमा भएको मेरो क्लाईन्टहरु अहिले घटेर कति पुगे हिसाब किताब गर्न सक्दिन । कामको बारेमा अनुभब किन चाहिदा रहेछ ? यो कुरा मलाई बल्ल थाहा भयो । क्वालिफिकेशन किन खोज्दा रहेछ मान्छेहरुले ? यो पनि चाल पाए । तर हामी बुद्धुहरु बिना योजना काम गर्न थालियो भने भताभुंग हुने कुरा पनि मैले चाल पाए । हो मेरो त्यस्ता त्यस्तै भयो ।
मनमा केहि चिन्ता छ । मनमा कतै डर पनि नभएको होईन । तर मुटु केहि हदसम्मद दह्रो नै छ । म खुसि छु किनकी साथ दिनेहरु धेरै छन् । म केहि ऋणमा परेको छु । त्यो ऋण तिर्नु नै जीबन गुजार्नु जस्तो लागेको छ ।
हेरौ के हुदै जान्छ ।
२०६८ पौष १० गते

No comments: