Thursday, May 26, 2011

प्रधानमन्त्रिलाई चिठी



नेकपा एमालेका पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रि भएको ठिक समयमा मैले पठाएको चिठी ।
राष्ट्रिय दैनिक नागरिकबाट साभार
कमरेड खनाल जी,
बधाई अनि आगामी देश बिकाश गर्ने गृहकार्यको लागि अग्रिम शुभकामना सम्पुर्ण युवा नेपालीको तर्फबाट ।
यो हाम्रो देश नेपालको समयले नेपालीलाई धेरै मर्कामा पारेको छ । ताकि सबैलाई थाहा नै छ खनाल जी, नेपाली समय भनेको कस्तो हुन्छ भन्ने । यस्तै भयो हाम्रो देश नेपालको नयाँ प्रधानमन्त्री चयन पनि । जे भए पनि अर्को कम्रेड महाशयको साथ सहयोग पाउनुभयो नै जुन तपाईले आशा र अपेक्षा गर्नुभएको थियो । अब त केहि गर्नुहुन्छ भन्ने धेरै आशा गरेका छौ हामी युवाबर्गहरुले अझ भन्नुपर्दा त पिडित युवाबर्गहरुले ।
तपाईले चड्कन पनि खानुभयो, सोच्नुहोला रेग्मीसापले ३ करोड जनताको नामबाट वार्नीङ मात्र दिनुभएको । तपाईले अकल्पनिय कदम योबिरुद्ध चाल्ने कोशिष पनि नगर्नुहोला किनकी एउटा गए अर्को आउछ त्यहि त हो जनताको बहुमतिय चड्कन । अब तपाईसँग धेरै काम गर्ने समय पनि छैन, यसको साथमा तपाईअघि चुनौती पनि धेरै छ । हामीले आशा राखेका छौ ता कि तपाईले राष्ट्रियसहमतिको सरकार बनाएर देशमा परिबर्तन गर्नहुनेछ भन्ने । त्यो पुरानो शैलीको जस्तो खाली हाम्रालाई मात्र नहेर्नुहोला, राम्रालाई हेरेर अगाडि बढिदिनुहोला, यसो गर्दा हाम्रो देश बिकाशको निम्ति राम्रो लिडरसिप पाउछ भन्ने ।
समयमा संबिधान बनाउनै पर्छ नत्रभने लाजैमर्दो हुन्छ । यहाँ हामी ज्याला मजदुरी गरीरहदा खेरी बैधानिक अबैधानिकको कुराहरु सुन्नमा आउछौ । ताकि पोहोर सालको युनिटि प्रकरणमा पनि यो बैधानिक अबैधानिकको कुराहरु आएको थियो । कतिपय कुराहरु धेरै खोज अनुशन्धान गरेर नै निर्णय लिनुपर्छहोला । यदि आफ्नो पार्टीको स्वार्थीको लागि केहि नराम्रो निर्णय दिनुभयो भने चड्कनको मल्टिसिस्टम फेला पर्ला ।
अन्त्यमा उदाहरण नबनोस नेपाल सरकार अबैधानिक रुपले चलेको थियो भनेर । त्यसैले आगामी दिनमा समयमै संबिधान बनाउनुहोस् ।

No comments: