Thursday, March 31, 2011

नेपाल बिकाशको लागि सञ्जाल ब्याबसय.


हाम्रो देश नेपाल प्राकृतिक बनोटले धनि देश हो । हामी यसले धनि छौ कि हामीसँग प्रशष्त पानी छ । हामीसँग ति हरिया बनजंगलहरु पनि नभएको होइन भएकै हो । हामीसँग ति अग्ला अग्ला हिमशिखरहरु नभएको होइन भएकै हो । हाम्रो देशमा पर्यटकहरु भित्रिएको होइन भित्रिएकै हो । यसो हेर्दा हामीलाई के देख्न सकिन्छ भने संसारमा नै कतियौ बैज्ञानिकहरुले सिद्ध ब्याबसायिक पद्धति सञ्जाल ब्याबसयको पद्धति नेपालमा नचलेको देख्दा म लगायत धेरै ब्याबसायिक प्रमीहरु चकित छन् ।


( २०६७ फागुपुर्णिमाको दिन समाधान राष्ट्रिय दैनिक मा प्रकाशित मेरो लेख । )

यो कुराले चकित छन् कि अरु देशमा राम्ररी चलेर प्रगति गरीसकेको कति प्रमाणित छ तर हाम्रो देशमा छुनसम्म मुस्किल छ । जापानमा यहि ब्याबसयमार्फत कति बिकाश भयो । सिंगापुरमा यहि ब्याबसयमार्फत आफ्नो देशको बिकाश गरेर धनि देश बन्न पुग्यो । मलेशिया, दुबई, कतार, अमेरीका, भारत लगायत देशहरु इहि ब्याबसमार्फत कति धेरै बिकाश गरिरहेको छ । तर नेपालमा यो ब्याबसय भनेको जनतालाई ठगी गर्ने ब्याबसय हो भनेर नामकरण गर्छन् । यो कतिसम्मको सत्य तथ्य हो, सरकारले बिचार गर्नुपर्ने अवश्था छ । हाम्रो देश वास्तबमै दु्रत गतिमा बिकाश गर्दै लैजाने हो भने यो ब्याबसयले निकै राम्रो अवशर दिएर बिकाश गर्नेछ भन्नेमा दुइमत नै छैन । यो ब्याबसयप्रतिको ज्ञान सरकारमा पनि छैन र जनतामा पनि यो ब्याबसायको गुणस्तरिय शिक्षा पुगिरहेको छैन । यो ब्याबय फैलाउन नेपालमा गाह्रो पनि छैन तर सरकारले यसलाई इन्कार गरेपछि निकै नै मुस्किल पन नेपाली समाजमा परेको छ । त्यतिकै मात्रामा गरिबी बढिरहेको छ । त्यतिकै मात्रामा बेरोजगार बढिरहेको छ ।

शिक्षित युवाहरु त्यतिकै दौडिरहेका छन् । अबैध कामहरु नेपालमा उतिकै बढिरहेको छ । हत्या, चोरी डकैती, भ्रष्टचार उहि मात्रामा बढिरहेको छ । यसको एउटै मात्र माध्यम हो बेरोजगारीपनले । हरेक बर्ष स्टुडेन्ट भिजा भन्दै नेपालको अति जेहेनदार बिधार्थीहरु बिदेशमा बिदेशिन्छन् । र ति बिधार्थीहरु अर्काको देशमा गएर उनिहरुको त्यो शिक्षा अर्काको देशमा सदुपयोग गरी त्यहि देशमा बिकाश गर्छन् त हाम्रो देशको त्यो गुणस्तरिय शिक्षा पनि केहि काम लागेन । यदि सरकारले केहि बिकल्प अपनाएको भए त्यो युवाहरुमार्फत केहि न केहि नतिजा यहि देशमा उब्जिन्थ्यो दुर्भाग्य हाम्रो देशमा त्यो रहेन । सञ्जाल ब्याबसय नेपालमा उत्पादन नगरेको होइन, गरेर पनि धेरै माथिसम्म पु¥याईसकेको हो । तर पनि हाम्रो नेपालमा अरुले गरेको देख्न नसकेपछि कसको के लाग्छ र ? सरकारले नै समेत बन्द गरिदियो ।


देशको राजनितीको अस्वस्थ प्रतिष्प्रधा, राजनीति खिचातनि नै यो देशको मुल समस्या हो । नेपालमा १५ भन्दा बढि बिदेशी सञ्जाल ब्याबसयहरु भित्रिएका छन्, कति अहिले चल्दै छन् त कति सरकारले अबैध हो भनि चलाउन दिएका छैनन् । पुर्णरुपमा सरकारले यो बिषयप्रति गम्भीर अध्ययन गरेर लागु गर्नुपर्ने आवश्यकता छ । किनकी यसले नै नेपालको गरीबीपन हट्छ । त्यति मात्र हैन शैक्षिक क्षेत्रमा, रोजगारी क्षेत्रमा लगायत देशको दु्रत बिकाशको पाइला समेत यहि ब्याबसयमार्फत उत्पन्न हुन्छ । यसको निम्ति हरेका राजनीतिक पार्टीका नेताहरुले यो बिषयमा बिस्तृत रुपमा अध्ययन गरेर लागु गर्नुपर्ने हुन्छ । यदि यो ब्याबसय एउटा अबैध गर्ने धन्दा नै हो भने प्रमाणित गरेर अन्तराष्ट्रिय क्षेत्रसम्म पु¥याएर बिश्वमै बन्द गर्नुप¥यो नभए नेपालमा पनि यसलाई कानुन अनुसार चल्न र चलाउन दिन प¥यो । यो एक्काइसौ सताब्दी हो, सुचना तथा सञ्चार प्रबिधीहरु अहिले ब्यापक रुपले फैलिएको छ । यसलाई सदुपयोग गर्नु अब हामी सबैको लागि बाध्यता हो ।


यसलाई प्रयोग गर्दिन म पुरानै शैलिमार्फत काम गर्छु भन्नु असम्भबको कुरा हो । उदाहरणको लागि आजभन्दा ३ बर्ष अगाडि नेपालमा मोबाइल प्रयोगकर्ताहरु कति थिए र अहिले ३ बर्षपछि मोबाइल प्रयोगकर्ताहरु कति भए त्यसको आंकडा हेर्ने हो भने दोब्बर तेब्बर रुपमा हिसाब किताब गर्नुपर्छ ।


के अब हामीले मोबाईल प्रयोग गर्दिन भनेर भन्न सक्नुहुन्छ ? यो बिषय त धेरै अगाडिको कुरा हो अहिले त प्रबिधीले कस्तो फड्को मारिसक्यो हामी त्यो हिसाबबाट पछि छौ । प्रबिधीलाई अंगाल्नु अबको धेरै ठुलो आवश्यकता हो । त्यहि कोणबाट नै उत्पति भएको हो सञ्जाल पद्धति । अब हरेक कुराहरु परम्परागत पद्धतिबाट बिकाश हुन निकै ढिलो हुन्छ । सञ्जाल पद्धति अपनाउनु अबको आवश्यकता हो । हामी सम्पुर्ण नेपाली युवाहरुको नेपालीहरुको आशा नै यहि छ नवनिर्बार्चित सरकारले यहि पद्धति नेपालको कानुनमा सिद्ध गरोस् । साइबर ल नेपालमा पनि लागु गरोस् ।


प्रबिधिमार्फत नेपाललाई बिकाश गति लिओस् । यहि नै चाहन्छौ, हामी नवयुवाहरु । प्राय अधिकांश समस्याहरुको समाधान अवश्य हुन्छ, समस्या समाधान गर्न हामी लागी पर्नु पर्छ । सञ्जाल ब्याबसय पनि नेपालमा लागु गर्नु नेपाल सरकारको समस्या छ त्यो समस्या सरकारले लागु गर्नुप¥यो । नेपालमा भ्रष्टचारलाई बैध, सञ्जाललाई अबैध नाम दिईरहेको छ । यसले देशमा निकै ठुलो दुर्घटना निम्त्याउछ । यसलाई समाधान गर्नु नै नेपाल सरकारले आफ्नो जिम्मेवारी इमान्दारीपुर्बक पुरा गर्नु हो ।

No comments: