Monday, January 10, 2011

नेपालमा पढाईको अर्थ जागिरमा भाग्यचिठ्ठा ।

यति खेर भन्ने हो भने म डिप्लोमा सेकेन्ड इयरको परिक्षा दिएर बस्ने मान्छे हँु । तर के गर्ने बाध्यता भनौ कि के भनौ नेपालको परिवेश नै यस्तै भएको छ न त पढ्नेलाई जागीर छ न त कमाएर गर्न सक्ने कुनै त्यस्तो गुणस्तरिय काम नै । यहाँ काम छ कि त ढलाई गर्ने, कि त पसल थाप्ने । अनि के गर्नु हबिगत त उहि हो । जब प्लस टु सकियो अनि लागिय अनलाई जब तिर, काम पनि गरियो गोराहरुले बनाएको वेबसाइटको प्रचार प्रसार गर्न तिर उहि त हो मार्केटिङ । इन्टरनेट मार्केटिङ ।
त्यसैलाई समय दिदा दिदै पोखरासम्म बगाएर लग्यो यो बालकलाई । अनि उतैतिरको पश्चिमेली संस्कृतिले आफ्नो पन पनि बगाउदै लग्यो । पहिले काठमाँडौ हुदासम्म के गरौ त नि भनेर बोल्ने मान्छे म नै अहिले त्यो बाक्य बोल्दा क्याराम् तानि भन्ने पो भैसकेछु । पोखराको हावापानीले मलाई खुब मज्जाले मोहनी लगायो तर नानीले त हैन है फेरी ।
यहाँ जिएफ बिएफको फेसनै छ । लाहुरेहरुको बासिन्दा बढि छ । फराकिलो सडकमा नवजवान केटाहरुले बाइक कुदाको देख्दा आङसिरिङग भएर आउछ । आफु त एघार नम्बरको गाडि चढिन्छ । केहि डर छैन । न त दुर्घटनाको डर न त अरु केहि को नै ।
अहिले पो बल्ल पोखराको पि एनमा भर्ना भइयो । सोचेको थिए, कमर्सबाट प्लस टु सकेपछि अंग्रजी साहित्य बिषय पढ्न पाइन्छ भनेर तर त्यो त काम नै लागेन फेरी एघारको पढेर मात्र पाइने रे लौ खा त्यसो भए । जनसंख्याबाट दिनु पर्ला नि भनेर मैले पनि त्यहि बिषयमा फिट गरिदिए अब चाहि माष्टर जसो तसो सक्नु परे भा कतै आइहाल्छ कि भाग्य चिठ्ठा ।

2 comments:

suman said...

anuz ji, tapai lo lekh khubai ramro lagchha hai malai. ho yastai lekhdai janos hai. maile harekpalta cyber jada tapaiko lekh nachhutai lekhne garchhu. khusi lagchha...

anuz kulung said...

thanks suman ji tapaiko yo sahayogko lagi yasto partikriya paye ajhai gardai janechhu