Saturday, July 31, 2010

मेरो दृश्य अघि पछि राजकुमार बगर




मैले गीत गाउन सानो देखि नै थाले । कक्षा ४ पढ्दा गाउँको सरकारी स्कुलमा साप्ताहिक कार्यक्रम हुन्थ्यो । साप्ताहिक कार्यक्रममा भाग लिएर गाएको त्यो गति अझै मेरो मानसपटलमा ताजै छ । “जीतेन राईको उड्दै आयो हवाई जहाजा” । त्यो बेला मेरो नाम पनि जीतेन राई नै थियो । त्यति खेर गाउँको एक जना युवा जो हेर्दा खेरी लाटा सरी देखिन्थ्यो तर मान्छे चाहि २ जना बिहे गरेर ब्यबहार चलाउन सक्ने खुब मिजसिला र बिबेकशील ब्यतिm थिए । सुर्य नारायण राई अझै पनि त्यो दाईको याद झल्झल्ती आउछ । उ दाई नै त्यो स्कुलको तत्कालीन पिवन थियो ।


उहाँले कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो । सायद त्यहि देखि नै म प्रभावित भएको हुन सक्छु । मलाई गीत भन्ने बितीकै अनि सँगीत भन्ने बितिर्कै अति नै लालयित हुने त्यहि बानी सिको गरेर जन्मेको १ दशक सम्म पनि भुल्ने साहष नै भएन । एक दशक पछि पनि सँगीतको “स” सम्म पनि सिक्ने मौका जुरेन । त्यो दशक अघि नै बुबाको चिर्लिम च्वाट स्वाहा भए पछि मेरो जीबन त सँगीतको “स” सिक्ने तिर त गएन बिहान बेलुकी पेट पुजा गर्ने भन्दै खेतबारी तिरपो जय बम भोले गर्दै कोदालोको सहाराले जमिनमा भीख माग्न प¥यो ।


सँसँगै एक दुई अक्षर ठिमाउने मेसो पनि गर्दै आईयो । अहिले त्यो दशक पार गरेर दाश्रो सत्र हिडिरहेको छु बेला भने भर्खर सँगीतको अक्षर चिनारी क, ख, ग लेख्ने घोक्ने र रट्ने काम गरिरहेको छु । बाह्रखरी कहिले जानी सक्नु । बाक्य कहिले बनाउन सिक्नु । अनि फेरी कसरी आफ्नै तौर तरिकाले पढ्न र लेख्न जान्नु । मुस्कील लाग्छ तर के गर्ने । मैले गीत गुन्गुनाउथे । एक ताक प्रदिप कुलुङ साइनोले काका पथ्र्यो । उहाँको करिब ३ बर्ष जति सँगत गरियो होला । अहिले पनि उहाँको सँग तगर्न त छाडिदैन । उहाँबाट नै प्रभावित भएको ठान्छु ।


सँगीतको आँखाबाट उहाँ पनि अन्धो नै हुनुहुन्छ समय पनि मेरो पो एक दशक पुरा भयो तर उहाँको त ३ दशक नै पुरा भईसक्यो के गर्ने उहाँको लागि यो दुर्भाग्य नै भनौ । उहाँको माध्यमबाट पनि सुगम सँगीतका शब्दहरु आकल्न मौका मिल्थ्यो । उहाँले ओकल्ने शब्दहरु प््राांय भाबपुर्ण हुन्थ्यो । उहाँले ओकल्ने गीतका गीतकार, सँगीतकार कण्ठै हुन्थे । मैले पनि त्यहि सिको गरे क्यारे । त्यसरी नै गाउँदै जादै गर्दा मेरो अन्धाधुन्धामय एक्लौटी गीतको शब्दहरुमा च्वास्स पेच पु¥याउने शब्दहरु ग्ुन्गुनाउथे । मैलृे ति शब्दहश्र मानसपटलमा खप्टाई खप्टाई राखेको छु । फुलको डाली काटेर, एता कुलो काट्दा खेरी, चमेलीको फुलझै .....यो प्रेम भाबमा डुबेको गीतका शब्दहरु मलाई औधी मन पथ्र्यो । अनि मैले यि शब्दहरु कसले लेखेको होला भनेर प्रश्न सहित मेरो गीतको डायरी प्रदिप बाबुकहाँ तेर्साई माग्दा उहाँले डायरीमा गीतकार राजकुमार बगर भनेर लेखिदिनुभयो । चकित परे खोलाको बगर ? कि जात नै छ ? कसो हो भनेर खानतलासी गरिमाग्दा राजकुमार मगर उर्फ बगर हो । अहो रहर पनि के होला हाम्रा अग्रजहरुको उर्फ बगर......गीत सुन्ने बितीकै बगरको बास्ना मेरो जिब्रोमा ¥यालसरी झुन्डीन्छ । धेरै गीतहरु बगरको मात्र ओकलीराख्दा बुढो कस्तो चाहि छ भनेर कौतुहलता पो एक्कासी जाग्न थाल्यो । पक्कै निकै बुढो छ, दाह्री जुँगा पनि होला सरी लागेको थियो । सयोगबस धेरै समयपछि त्यो समय पनि पो जु¥यो । हाल म सँगीतको औपचारिक शिक्षा सयपत्रि सँगीत प्रशिक्षण केन्द्र न्युरोड पोखरामा सिक्दै छु । त्यहाँ मलाई आफ्नो क्षमताले नै भनौ या के भनौ निःशुल्क रुपमा सँगीतको शिक्षा लिन मौका मिलेको छ । र त्यहाँ हरेक शनिबार साप्ताहिक कार्यक्रम पनि हुन्छ ।
त्यो कार्यक्रम संचालन पनि म नै गर्छु । एक दिन त्यस्तै कार्यक्रममा एक जना डल्ले डल्ले मोटे मोटे अनि बुढोहरुको प्रयोगी छाते टोपीको पहिरनमा कालो ज्याकेट, कटनको पाइन्ट लगाएको र हातमा कालो झोला झुन्ड्याएर कार्यक्रम हलको ढोका नजिक कुर्सीमा थ्याच्च आसन गर्नुभयो । साथमा गीतकार सुमन श्रापीत पनि आउनुभएको थियो । श्रापीतलाई भने मैले पहिले देखिनै देखेको हुनाले उहाँलाई नै त्यो ब्यतिmको परिचय खुलाउन आग्रह गरे त उहाँ नै पो हुनुहुँदा रहेछ ....मेरो प्रिय गीतकार राजकुमार मगर उर्फ बगर त । म त अलमल्ल परे यस्तो हाम्रो सानो साप्ताहिक साँगीतिक कार्यक्रममा पनि उहाँजस्तो बरिष्ठ गीतकार उपस्थीत हुनुहुँदा ।
बगर दाई सोचेभन्दा धेरै फरक पो पाए मैले त । निकै आनन्दले गफमा मस्त हुने मौका मिल्यो त्यस्तो ब्यतिmसँग पनि । उसै त आफ्नो प्रिय गीतकार । मेरो संयोग भनौ के भनौ दृश्य अघि पछि नै बगर मान्छे जस्तो गीत पनि उस्तै रसिला र भरिला लेख्नु हुदा रहेछ त्यस्तो मान्छेसँग पनि भेट हुने मौका पाइयो अब मेरो अन्तिम चाहना उहाँसँग यति नै भो उहाँले कोरेको नयाँ गीत ओकल्ने चाहना । सायद एक दशक फेरी लामो साधना लिएर जानेछु र एक दिन अवश्य ओकल्नेछु ति भरिला र रसिला गीत । कहिले भुल्न सक्दिन यि गीतकारलाई...........


साभार


अनुज कुलुङको


मेरो दैनिकी बाट साभार........

No comments: