Thursday, November 10, 2011

बिश्वास

बिश्वास भन्ने चिज खै के हो, के हो ? म त सोच्न नै सकिन । जीबनमा उत्तरचढाब, उकालो ओराली भैराख्ने रहेछ । खै के भनु । म मान्छेलाई चाँडै बिश्वास गर्छु । अरुको जीबनको यो कहानी पनि मैले नपढेको होईन । पढेकै हो । तर पनि खै किन हो, म त्यो कुराबाट प्रभावित हुन सकिन ।

आजको दिनसम्म कति हो कति यो बिश्वासको कडिले सताएको सताए छ । बिश्वासघात गर्ने जो छन् । तिनीहरु मेरा आँखाको सामु पर्दा मलाई यति बिधीको रिसराग आउछ कि । न त्यसलाई सरगम हालेर गाउन सकिन्छ । न त्यसलाई तालबद्ध रुपले गाउन नै सकिन्छ । यो त जीबनको खेल हो । बस जीबन बिश्वास गर्नु नगर्नु, कसलाई गर्नु, कसलाई नगर्नु खै ...के हो के हो....म त अचम्मित छु ।

...............२०६८ कात्र्तिक २५ गते