Thursday, May 26, 2011

प्रधानमन्त्रिलाई चिठी



नेकपा एमालेका पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रि भएको ठिक समयमा मैले पठाएको चिठी ।
राष्ट्रिय दैनिक नागरिकबाट साभार
कमरेड खनाल जी,
बधाई अनि आगामी देश बिकाश गर्ने गृहकार्यको लागि अग्रिम शुभकामना सम्पुर्ण युवा नेपालीको तर्फबाट ।
यो हाम्रो देश नेपालको समयले नेपालीलाई धेरै मर्कामा पारेको छ । ताकि सबैलाई थाहा नै छ खनाल जी, नेपाली समय भनेको कस्तो हुन्छ भन्ने । यस्तै भयो हाम्रो देश नेपालको नयाँ प्रधानमन्त्री चयन पनि । जे भए पनि अर्को कम्रेड महाशयको साथ सहयोग पाउनुभयो नै जुन तपाईले आशा र अपेक्षा गर्नुभएको थियो । अब त केहि गर्नुहुन्छ भन्ने धेरै आशा गरेका छौ हामी युवाबर्गहरुले अझ भन्नुपर्दा त पिडित युवाबर्गहरुले ।
तपाईले चड्कन पनि खानुभयो, सोच्नुहोला रेग्मीसापले ३ करोड जनताको नामबाट वार्नीङ मात्र दिनुभएको । तपाईले अकल्पनिय कदम योबिरुद्ध चाल्ने कोशिष पनि नगर्नुहोला किनकी एउटा गए अर्को आउछ त्यहि त हो जनताको बहुमतिय चड्कन । अब तपाईसँग धेरै काम गर्ने समय पनि छैन, यसको साथमा तपाईअघि चुनौती पनि धेरै छ । हामीले आशा राखेका छौ ता कि तपाईले राष्ट्रियसहमतिको सरकार बनाएर देशमा परिबर्तन गर्नहुनेछ भन्ने । त्यो पुरानो शैलीको जस्तो खाली हाम्रालाई मात्र नहेर्नुहोला, राम्रालाई हेरेर अगाडि बढिदिनुहोला, यसो गर्दा हाम्रो देश बिकाशको निम्ति राम्रो लिडरसिप पाउछ भन्ने ।
समयमा संबिधान बनाउनै पर्छ नत्रभने लाजैमर्दो हुन्छ । यहाँ हामी ज्याला मजदुरी गरीरहदा खेरी बैधानिक अबैधानिकको कुराहरु सुन्नमा आउछौ । ताकि पोहोर सालको युनिटि प्रकरणमा पनि यो बैधानिक अबैधानिकको कुराहरु आएको थियो । कतिपय कुराहरु धेरै खोज अनुशन्धान गरेर नै निर्णय लिनुपर्छहोला । यदि आफ्नो पार्टीको स्वार्थीको लागि केहि नराम्रो निर्णय दिनुभयो भने चड्कनको मल्टिसिस्टम फेला पर्ला ।
अन्त्यमा उदाहरण नबनोस नेपाल सरकार अबैधानिक रुपले चलेको थियो भनेर । त्यसैले आगामी दिनमा समयमै संबिधान बनाउनुहोस् ।

नेपालमा इन्टरनेट जबको आवश्यकता



It was published at the Local newspaper "samadhan" National Newspaper



आजकल इन्टरनेटबाट आम्दानी हुन्छ भनेर पत्र पत्रिकामा दैनिक सयौ बिज्ञापनहरु प्रकाशित हुन्छ । कति युवाहरु सुरुमै आम्दानीको मुख्य श्रोत हो भन्ठानी हजारौ पैसा डुबाउछन्, तर वास्तबिकता त्यो होईन । यसबाट आम्दानी लिनलाई धेरै नै साधनाको जरुरी पर्छ । एउटा गायकले पनि सँगीतको साधनाबिना राम्रो गीत रेकर्ड गर्न सक्दैनन् । गीत त रेकर्ड गरिएला तर साधनाबिनाको स्वर सुन्दा श्रोतालाई खल्लो लाग्न सक्छ । यो इन्टरनेट ब्याबसय पनि त्यस्तै हो, यसको पनि सिकाउने राम्रो प्रशिक्षकको जरुरी पनि पर्छ । अनि राम्रो साधनाको दैनिक ३ देखि ४ घण्टा इन्टरनेटमा झुमेर यो ब्यापारमा लागियो भने सुरुमै फाईदा दिदैन, तर दिर्घकालिन रुपमा आर्थिक फाईदा दिईराखेको हुन्छ । जसरी एउटा गायकको गीत चर्चित भयो र कालजयि गीत भयो साथै टेलिभिजन, रेडियोमा बजेबापत रोयल्टी प्राप्त गर्छ यो ब्याबसय पनि एकपटक यसको साधनामा निखारता पुगेपछि राम्रो आम्दानी गर्न सकिने श्रोत बन्छ ।
इन्टरनेटबाट धेरैले कमाउन प्रयास गछन्। बढि मान्छेहरुले गुगल कम्पनिबाट कोशिष गर्छन् । धेरैले यसलाई बिश्वाशमा लिएर काम गर्छन किनकी नेपालबाट पनि धेरैले आम्दानी उठाएको देखिन्छ । यसबाट धेरै राम्रो आम्दानी लिन सकिन्छ तर साधनाको उतिकै जरुरी पर्छ । यसको ट्रेनिङ नेपालमा जहाँ पनि उपलब्ध छ, राम्रो सिकाउने ठाउँमा आफुले ट्रेनिङ लिनुपर्छ । यसको ट्रेनिङ एक हप्ता पन्ध्र दिनको हुन्छ । आफुले त्यो समयको सदुपयोग गर्नुपर्छ बाकी समयमा आफुले इन्टरनेटबाट सर्च गरेर अध्ययन गरी काम गर्न सकिन्छ । यसबाट कमाउनको लागि मुख्य गुरु भनको नै सर्च इन्जिन हो । यसमा कसैलाई पनि यो तरिकाबाट बढि आम्दानी गर्न सकिन्छ भनेर आउदैन किनकी इन्टरनेटको ब्याबसयमा हरेक पटक नियमहरु परिबर्तन गएका हुन्छन् ।
आज हरेक मानिसले इन्टरनेटलाई प्रयोगमा ल्याउदै आएको छ । प्रबिधिले गर्दा आज धेरै जसो काम सोचेभन्दा दु्रत गतिमा हुदै गएकोे छ । कुनै बेला हुलाकसेवामार्फत पत्र पठाउँदा कम्तिमा एक हप्ताभन्दा माथि लाग्थ्यो भने आज ईमेल सेवाले गर्दा सेकेन्डमा कामहरु बन्दै आएको छ । भारीका भारी फाईल बोकेर काम गर्ने त्यो समय आज एउटा सानो पेन्ड्राईभमा अटाउने भईसकेको छ । आजकल यो पेन्ड्राईभभन्ने बस्तु अधिकांश धेरै मान्छेहरुले प्रयोगमा ल्याएको छ । आज त्यसैलाई अनुशरण गरेर अफिसमा गर्नुपर्ने कामहरु पनि घरमै बसि बसि गर्न सकिन्छ । त्यसैलाई नै अनुशरण गरेर हरेक युवाहरुको लागि उपलब्ध गराईदिएको हो इन्टरनेट जब । जसले इन्टरनेट मार्फत नै कमाउन सकोस्, वेबसाईट भिजिट गरेर, वेबसाईट प्रमोट गरेर । गुगलको बिज्ञापनलाई बिक्री गरेर हरेक युवाहरुले कमाउन सक्छन् । तर त्यसलाई बिक्रि गर्न जान्नुपर्छ । त्यो अवसर नेपाली युवाहरुको सामु मात्र नभएर बिश्वभरि नै फैलिएर रहेको सबै युवाहरुलाई हो जसले इन्टरनेटको प्रयोग गर्छन् ।
यो ब्याबसय त्यस्तो ब्यतिmहरुको लागि हैन, जसले इन्टरनेट चलाएर खाली च्याट मात्र गरेर समय बर्बाद पार्छ । त्यो ब्यक्तिहरुको लागि हैन जसले प्रबिधिको परिभाषा नै सिक्न चाहदैन । त्यो ब्यतिmहरुको लागि हैन जसले साइबरमा, घरमा इन्टरनेट चलाएर अश्लिल वेबसाईटहरु हेरेर समय बर्बाद गर्छ । यो जब त्यो ब्यतिmहरुको लागि मात्र हो जसले इन्टरनेट मार्फत धेरै कुराहरुको खोजी गर्छ जसले प्रबिधिलाई बिश्वाश गर्छ । जसले इन्टरनेटबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने कुराहरुको खोज अनुशन्धान गर्छ । त्यसैले मात्र पाउन सक्छ इन्टनेट जब । यो सबैको लागि निशुल्क रहेको छ । यो जब जसलाई पनि प्रदान गछ। अन्तराष्ट्रिय लेखक वर्क हेजसले उहाँको ड्रिम बिज डट कम भन्ने पुस्तकमा लेख्नुभएको छ, इन्टरनेटमा अवसर खोज्न नजान्नेले कहिले प्रगति गर्न सक्दैनन् अवसर पैतालामुनि रहिरहेको हुन्छ । त्यहि भएर इन्टरनेट जबमा इच्छुकहरुले अगाडि नै सोच्नुपर्ने हुन्छ कसरी आम्दानी गर्न सकिन्छ भनेर ।