यति खेर भन्ने हो भने म डिप्लोमा सेकेन्ड इयरको परिक्षा दिएर बस्ने मान्छे हँु । तर के गर्ने बाध्यता भनौ कि के भनौ नेपालको परिवेश नै यस्तै भएको छ न त पढ्नेलाई जागीर छ न त कमाएर गर्न सक्ने कुनै त्यस्तो गुणस्तरिय काम नै । यहाँ काम छ कि त ढलाई गर्ने, कि त पसल थाप्ने । अनि के गर्नु हबिगत त उहि हो । जब प्लस टु सकियो अनि लागिय अनलाई जब तिर, काम पनि गरियो गोराहरुले बनाएको वेबसाइटको प्रचार प्रसार गर्न तिर उहि त हो मार्केटिङ । इन्टरनेट मार्केटिङ ।त्यसैलाई समय दिदा दिदै पोखरासम्म बगाएर लग्यो यो बालकलाई । अनि उतैतिरको पश्चिमेली संस्कृतिले आफ्नो पन पनि बगाउदै लग्यो । पहिले काठमाँडौ हुदासम्म के गरौ त नि भनेर बोल्ने मान्छे म नै अहिले त्यो बाक्य बोल्दा क्याराम् तानि भन्ने पो भैसकेछु । पोखराको हावापानीले मलाई खुब मज्जाले मोहनी लगायो तर नानीले त हैन है फेरी ।
यहाँ जिएफ बिएफको फेसनै छ । लाहुरेहरुको बासिन्दा बढि छ । फराकिलो सडकमा नवजवान केटाहरुले बाइक कुदाको देख्दा आङसिरिङग भएर आउछ । आफु त एघार नम्बरको गाडि चढिन्छ । केहि डर छैन । न त दुर्घटनाको डर न त अरु केहि को नै ।
अहिले पो बल्ल पोखराको पि एनमा भर्ना भइयो । सोचेको थिए, कमर्सबाट प्लस टु सकेपछि अंग्रजी साहित्य बिषय पढ्न पाइन्छ भनेर तर त्यो त काम नै लागेन फेरी एघारको पढेर मात्र पाइने रे लौ खा त्यसो भए । जनसंख्याबाट दिनु पर्ला नि भनेर मैले पनि त्यहि बिषयमा फिट गरिदिए अब चाहि माष्टर जसो तसो सक्नु परे भा कतै आइहाल्छ कि भाग्य चिठ्ठा ।