Friday, October 7, 2011

रेखा आन्टिलाई मात्र होईन, सबैको लागि तितो टिप्स......

२०६८/०६/२०
हाम्रो रेखा आन्टीको लेटेष्ट फिल्म अन्दाज भन्ने आज हेरियो । फिल्म तुलनात्मक रुपले राम्रो छ । नव कलाकारको आगमन अनि जुन प्लेटफर्म उहाँले दिनुभएको छ, त्यो मलाई उहाँको राम्रो लाग्छ । नेपाली चलचित्र क्षेत्रमा हिरोईन क्षेत्रमा तर्क दिन सक्ने हिरोईन पनि उहाँ नै जस्तो लाग्छ । आफ्नै निर्माणमा बनेका चलचित्र अजम्बरी नाता, हिम्मत, किस्मत, कसले चो¥यो मेरो मन र अन्दाज सम्म आईपुग्दा यो फिल्म राम्रो लाग्यो । बसन्त सापकोटाले यो फिल्ममा राम्रो सँगीत दिनु भएको छ । गायक गायिकाहरुमा नयाँलाई बढि प्राथमिकता दिनुभएको छ । तर.....
एबिसी टेलिभिजनमा रेखा र नयाँ हिरो समिरले अन्तर्बार्ता दिएको मलाई केहि कुरा चित्त बुझेको छैन । कतिपय अवस्थामा रेखा आन्टिलाई बढि नै तर्क दिएर जितेको जस्तो मलाई भान हुन्छ । प्रचण्डसँग नाचेको जस्तो रमाईलो कुरा जनताले जसरी हेरे पनि रेखा आन्टिको केहि कमजोरी पक्कै छ । चलचित्र तपाईले एउटा रमझम रमाईलो गर्नलाई मात्र दर्शक गएको हुदैन । कतिपय चलचित्रहरु हेर्न दर्शकहरुले केहि कुरा सिक्न पनि चलचित्र हेर्न गएको हुन्छ । तपाईले उक्त अन्तर्बार्तामा चलचित्र मात्र रमाईलोको संज्ञा दिनुभएको छ । हो म मान्छु चलचित्र रमाईलोको संज्ञा हो त्यहाँ एक्सन फाईट हुन्छ, बेड सिन हुन्छ, किस सिन हुन्छ, नयाँ ठाउँको दृश्य हुन्छ, रमाईलो नृत्य हुन्छ, अंगप्रदर्शन हुन्छ अनि केहि सकरात्मक कुराहरु पनि समावेश हुन्छ त यसैले काम चलिरहेको छ नेपाली फिल्म । तपाईहरु जस्तो चलचित्र निर्माता, कलाकारहरुले कहिले बनाउने हिन्दी फिल्म सिबाजी द बोस जस्तो, कहिले बनाउने तारे जमिन पर जस्तो, कहिले बनाउने द सोसल नेटवर्क वेबसाईट जस्तो, कहिले बनाउने यस्तो तरिकाको चलचित्र । नेपाली चलचित्र दर्शकले किन रुचाउदैनन् भने सधै सबै फिल्महरुको कथाबस्तु एउटै हुन्छ । त्यहि हो हिरो आयो, बाझ्यो, माया गास्यो, म¥यो, कुट्यो त्यतिनै हो । तर कथा बस्तुमा, स्क्रििप्टहरुमा, अभिनयमा, गीत सँगीतहरुमा, फरक धार ल्याउनुप¥यो । तपाईहरुको स्क्रिप्ट सुन्न लायकको परिबर्तन अझै भएको छैन । त्यति जतिको बनाउने प्रबिधि भित्राउन सकिएको छैन होला तर प्रयाश त गर्न सकिन्छ ।
नेपालमा त्यस्तो स्क्रिप्ट लेख्नेहरु पनि छन् जो छिमेकी देशमा आफ्नो स्क्रिप्ट बेच्न बाध्य भएका छन् । बाबा एसा बर ढुंढो जस्तो चर्चित भारतिय टेलिश्रृंखला अनि एक ताक निकै नै मच्चाएको भारतिय सिरियल कहानी घर घर कि कसले रचेको होला । त्यो तपाई आफै नै बिचार गर्नुहोस् । त्यसलाई किन बाहिर बेच्ने तपाई भित्रै नै प्रयोग गर्ने बाताबरण बनाएर किन नगर्ने नेपाली फिल्मको बिकाश ।
म नेपाली चलचित्र बिश्लेशक होईन । म अभिनय गर्ने कलाकार पनि होईन । म कुनै नृत्य सिकाउने नृत्य प्रशिक्षक पनि होईन । म लेखक पनि होईन । म स्क्रिप्ट राईटर पनि होईन । म डायलग राईटर पनि होईन । म नित्तान्त नेपाली फिल्मलाई माया गर्ने नेपाली युवा हुँ । म नेपाली सँगीतलाई माया गर्छु । आर्थिक रुपले कमजोर हाम्रो देश नेपाललाई सबल र सक्षम कसरी बनाउन सकिन्छ । नेपाललाई पर्यटन क्षेत्र भनेर चिनिन्छ । पर्यटन क्षेत्रबाट कसरी नेपाललाई आर्थिक रुपले सबल र सक्षम बनाउन सकिन्छ । नेपाल प्रबिधिमा कमजोर छ प्रबिधि नेपालमा भित्राउन हाम्रो अबको प्रयाश हो । यो बिषयलाई तपाईहरुले कसरी खिच्न सक्नुहुन्छ । अब कलाकारहरुले यो पनि देखाउन जरुरी छ कि जुन चलचित्र देख्दा युवाहरु बिदेशिन नपरोस् ।
यो मेरो मनोभाबले कुनै कलाकारको चित्त नदुखोस् । यो मेरो ब्यक्तिगत धारणा मात्र हो । यो रेखा आन्टिको तर्कले मात्र यो कुरा उठेको हो । “रमाईलो मात्र हो । ज्ञान लिनु छ भने पुस्तक पढ्नुहोस्, कुनै बौद्धिक ब्यक्तिसँग बसेर सिक्नुहोस् । चलचित्र मात्र रमाईलोको लागि हो ।” यो उहाँको भनाईलाई मैले पचाउन सकिन । यसले नेपाली चलचित्र झन् खस्निेछ । यसो गर्दा नेपाली फिल्म हेर्ने मान्छे कम हुनेछ । खाली भारतियन फिल्म मात्र हेरिनेछ । भारतियन डायलग मात्र याद हुनेछ । भारतियन गीत मात्र सुनिनेछ र गाईनेछ । अनि चलचित्र को माध्यमबाट नेपाललाई भारतले चेप्दै लानेछ । अनि हामी भारतियन हो भन्नु पर्ने बेला पनि आउन सक्छ भन्न सकिन्न । त्यहि भएर हरेक चलचित्र क्षेत्रमा लाग्नुभएको ब्यक्तिहरुले बुझ्न जरुरी छ । बुझ्नेलाई बुझिदिनु, नबुझ्नेलाई केहि छैन । मेरो कुरा यति नै हो ।

0 comments:

Ishwor Amatya

Biography of Narayan Gopal (Part2)

Dipak Raj Giri"Interview"

Biography of Narayan Gopal (part1)

Biography of Narayan Gopal (Part3)

 
;